रामेछापमा विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइयो

रामेछाप : रामेछाप जिल्लामा आइतबार निजामती सेवा दिवस रामेछापमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सक्षम निजामती प्रशासन विकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ जिल्ला समन्वय समितिको प्राङगनमा निजामती सेवा दिवस समारोह समिति रामेछापले एक कार्यक्रमको आयोजना गरेको थियो ।


कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले कर्मचारीहरुले सर्वसाधरण नागरिकलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिइन् । उनले नागरिकमैत्री सेवाले मात्र कर्मचारीहरुले मात्रै नागरिकको मन जित्न सक्ने भएकाले नागरिक मैत्री सेवा प्रवाहा गर्न कार्यालयहरुलाई निर्देशन दिइन् । कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस