दाङको अमर माध्यमिक बिधालयले विविध कार्यक्रम गरि शिक्षा दिवस मनायो

दाङ :- तुलसीपुर उपमहानरपालीका वडा नम्बर ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयले विविध कार्यक्रम गरि अन्तराष्ट्रिय साक्षरता दिवस तथा ४०औं शिक्षा दिवश मनाएको छ । जस अन्र्तगत कक्षा १–५ का विचमा चित्रकला, कक्षा ६–८ सम्म लोगगित र कक्षा ९–१२ का विचमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको विद्यालयले जनाएको छ ।
जसमा चित्रकला तर्फ अमृत रोका प्रथम,विवेक चौधरी,द्धितिय,निसा हमाल तृतिय र समिर नेपाली सान्त्वना भएका थिए । यस्तै लोगगित तर्फ डाटिराम परियार प्रथम,शोभा पुन द्धितिय र सिवानि गाहा मगर तृतिय भएका थिए । यस्तै बक्तृत्वकला प्रतियोगिता तर्फ किरण वली प्रथम,पिमा नेपाली द्धितिय र लक्ष्मी उपाध्याय तृतिय भएका थिए । उनिहरुलाई कापि र कलमले पुरस्कृत गरिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक पदम बहादुर वलीको अध्यक्षता तथा प्रधानाध्यापक पदम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस