रामेछाप लिखु तामाकोसी गाउँपालिका खिम्तीबजारमा एक दिने घुम्ती सिविर सम्पन्न

रामेछाप : रामेछापको लिखु तामाकोसी गाउँपालिका वड नं ६ खिम्ति बजारमा श्याम होमियोप्याथिक चिकित्सालय प्रा.लि द्वारा संचालित एक दिने नि:शुल्क होमियोप्याथिक स्वास्थ परिक्षाण शिविर तथा घुम्ती स्वास्थ शिविर प्रमुख आयोजकत्वमा निःशुल्क स्वास्थय शिविर डा.सन्जिव कुमार लाल दासको नेतृत्वमा स्वास्थय शिविर सम्पन्न भएको छ ।

मन्थली शिवशक्ति होमियो फार्मेसी र श्याम होमियोप्याथिक चिकित्सालय प्रा.लि र लिखु तामाकोसी गाउँपालिका वडा नं ६ को संयुक्त सक्रियतामा वडामा समान्य गरि सिविर सन्चालन गरेको ताल बहादुर थापाले जानकारी दिनु भएको थियो । र
एक दिने स्वास्थ सिविर सन्चालन भएको थियोे । सिविरमा बिभिन्न रोगहरुको उपचारमा दाग,पिनास,ब्लडप्रेसर,चिनिरोग,ग्याष्टिक,अल्सर,सेतोपानि बग्ने ,अनियमित महिनावारी,टनसिल,प्यारालाइस,बाथ रोग,नशा हड््डी च्यापिएको,गानोगोला,मृगौला,पत्थरी,जाड,रक्सी,सुर्ती ,चुरोट स्वास्थ्य शिविर आयोजना भएको थियो । सो अवसरमा २१ जना लिखु तामाकोसी गाउँपालिका वडा नं ६ का स्थानीयबासीहरुको स्वास्थ्य परीक्षण गरियो । सिविरमा
जापनिज आघुनिक प्राबिधिकबाट सम्पुर्ण रोगहरुको एनालाइजर मेसिनबाट होलबडि जाँच गरिनुका साथै अनुभवी र बिज्ञ चिकित्सकद्वारा होलबडी जाँच ८ जनाले र १३ जनाले साधरण उपचार सेवा लिएको सिविरको रिपोर्टिङ गरि मञ्जु मगर र सीता पौडेलले यश नेपालयन खबरलाई जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस