क्यान्सर पिडित ओलिलाई तुल्सिपुरमा सहयोग

तुलसीपुर: क्यन्सर पिडित नारायण वलीलाई शुक्रबार रिपोर्टस क्लब दाङमा पत्रकार सम्मेलनको आयोजना गरि तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १७ निवासि वलीलाई उनीहरूले विभिन्न संघ सस्था र ब्यक्तिगत रुपमा सङकलन गरिएको रकम हस्तान्तरण गरेका हुन ।पत्रकार सम्म्लेलनमा वलीका साथिहरु भुपेन्द्रसाथिहरुले आर्थिक सहयोग गरेका छन । खड्का ,कृष्ण नेपाली र कमल बस्नेतले सयुक्त रुपमा दुई लाख ४५ हजार ७ सय रुपैयाँ हस्तान्तरण गरेका हुन । तुलसिपुर क्षेत्रका निजि तथा सरकारी विधालय, संघसंस्था एवंम बिदेशबाट सहकर्मीहरुले पठाएको रकम र चेक हस्तान्तरण गरिएको हो ।खुट्टामा बोन क्यान्सर भएको र उपचारमा लाखौं रुपैयाँ लाग्ने भएपछि पिडित वलि बचाउ अभियान सञ्चालन भएको थियो ।यस अघि रिपोर्टस क्लब दाङमा पत्रकार सम्मेलन गरेर वलि वचाउ अभियानको सुरुवात गरिएको थियोे । सो अभियान संगै
वलीलाई देश बिदेशबाट सहयोग प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस