काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि आज (शुक्रबार) स्वदेश फर्कंदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली आज मध्याह्न स्वदेश फर्कनुहुने जानकारी दिनुभयो ।प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । मिर्गाैला सम्बन्धी उपचारका लागि उहाँ गएको ५ गते सिगापुर जानुभएका प्रधानमन्त्री ओलीको नेशनल युनिभर्सिटी अस्पतालमा सात चरणमा प्लाज्मा फेरसिस विधीबाट उपचार गरिएको थियो ।प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न गएका नेकपाका उपाध्यक्ष बामदेव गौतम र महामन्त्री विष्णु पौडेल पनि शुक्रबार नै काठमाडौ फर्किनुहुनेछ । १२ वर्षअघि प्रत्यारोपण गरिएका मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारको लागि सिंगापुर जानुभएको थियो ।