olux

सोलुखुम्बुको ग्रामिण सडकमा बर्षाले दुर्घटनाको जोखिम बढ्यो

सोलुखुम्बु : सोलुखुम्बुको ग्रामिण सडकहरुमा दुर्घटनाको जोखिम बढेको छ । निरन्तरको बर्षाका कारण ग्रामिण सडकहरु विग्रदा दुर्घटनाको जोखिम बढेको हो । बर्षाले कच्ची सडकहरुमा भत्किनुका साथै खाल्डाखुल्डी हुदाँ दुर्घटनाको सम्भावना बढेको अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यलय सोलुखुम्बका ट्राफिक प्रही नारायण बहादुर बस्नेतले जानकारी दिनुभयो । ट्राफिक प्रहरी बस्नेतका अनुसार जिल्लाको देउसा, मुक्ली, सोताङ, काकु, बासा, जुभिङ, खरिखोला, तामाखानी, बेनी लगायतका क्षेत्रका सडकहरुमा प्रभावित बनेको छ । बर्षाले सदरमुकाम सल्लेरीबाट सघिंय राजधानी काठमाण्डौ जोड्ने पक्की सडकको समेत ठाउँ ठाउमा भत्किएको तथा खोल्डाखुल्डी परेको सवारी चालक लक्षमण घतानीले बताउनभयो । सडक सञ्जाल बन्द नै नभए पनि जिर्ण हुदाँ जोखिम भने बढेको उनीहरुको भनाई छ । बर्षातको समयमा सडकको दायाँ बायाँ भत्किने तथा भासिएकाले सावधानी अपनाउन सवारी चालकहरुलाई ट्राफिक प्रहरी कार्यलय सोलुखुम्बुले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस