रामेछाप लिखु तामाकोसी गाउँपालिकामा कच्ची घरले थिचेर एक बालकको मृत्यु

रामेछाप : रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँ खापिङ साब्रामा घर भत्केर एक बालकको मृत्यु भएको छ । घर भत्किँदा दुरागाउँ खापिङ साब्राका मनोज थापाको अन्दाजी १२ वर्षीय छोरा मनिष थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।पुरानो कच्ची घरको माथिल्लो तलामा बसेर टिभी हेरिरहेका बेला एकासि घर भत्किँदा घरले थिचेर मनिष थापाको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । मृतकको शव अाज पोष्टमार्टम गर्नेको लागि मन्थली ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस