काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने आफ्नो परिवारसँगका भेटघाटमा छन् । हालै ११ दिन प्रहरीको न्यायिक हिरासतमा रहेर धरौटीमा रिहा भएका उनी आफ्नो परिवारका सदस्यसँग भेटघाट गरेको तस्विर सार्वजनिक सञ्जालमा पोष्ट गरिएको छ ।
लामो समयपछि उनको परिवारिक सदस्यसँगको भेटघाटको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरिएको हो । यद्यपी सार्वजनिक तस्विर कहिले खिचेकाे हाे यसबारे केही खुलाइएकाे छैन ।
तर, नेपाली नारीहरुकाे महान पर्व हरितालिका तीजकाे भाेलिपल्ट मंगलबार फेसबुकमा शेयर गरिएकाे छ ।