रामेछाप : रामेछापको मन्थलीन नगपालिका २ बान्द्रेमा ट्याक्टर दुर्घटना हुँदा मंगलबार दिउँसो एक जनाको घट्ना स्थलमै मृत्यु भएको छ । सदरमुकाम मन्थली बाट फुलासीतर्फ सिमेन्ट लिएर जादै गरेको ना ६ त ६३०१ नं ट्याक्टर दुर्घटना हुँदा टयक्टर चालक मन्थली नगरपालिका–१ का अन्दाजि वर्ष ३५ का धु्रव रोक्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । ट्र्याक्टरमा क्षमताभन्दा बढी सिमेन्ट बोकेर तीव्र गतिमा गइरहेको ट््य्या्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरिको अनुुुुमान रहेको छ। रामेछापका प्रमुख डिएसपी सन्तोष कुमार भट्टराईका अनुसार । घटनामा परि अन्य २ जना गम्भिर घाइते भएका छन् । ट्याक्टर दुर्घटनामा परी घाइते भएका मन्थली नगरपालिका–६ का २२ वर्षिय रोशन परियार र दोरम्बा गाउँपालिकाका १७ वर्षिय दिनेश नेपाली घाइते भएका छन् । घाइते मध्ये रोशन परिवारलाई थप उपचारको लागि धुलिखेल अस्पताल रिफर गरिएको छ भने अर्का घाइते तामाकोसी अस्पतालमा उपचार भइरहेको प्रहरिले जानकारी दिए । प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिव दुुस सय ५० मिटर तल खसेको छ । पछिल्लो समय रामेछाप जिल्लामा दुर्घटना हुने क्रम बढ्दै गएको छ।