रामेछाप थानापति महादेव मन्दिरमा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

रामेछाप: रामेछापको मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँमा रहेको प्रसिद्ध धार्मिक स्थल थानापति माहादेब मन्दिरमा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसमार थानापति धार्मिक पर्यटन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँ वडा कार्यालयको समन्वयमा “हामी सबैको ध्यान, थानापति धार्मिक, साँस्कृतिक र पर्यटन प्रबद्र्घन”भन्ने मूल नाराका साथ बाङ्गेसला युवा समाजले सोमबार कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम बाङ्गेसला युवा समाजका अध्यक्ष कर्मान तामाङ्गको अध्यक्षता र मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले जिल्लाकै प्रसिद्ध र अति महत्व र ठुलो पर्यटकिय सम्भावना बोकेको थानापति मन्दीरको विकासका लागि नगरले कुनै कसुर बाकि नराख्ने बताए । उनले थानापति बैरा महादेव मन्दिरको विकासका लागि नगरपालिकाले धेरै काम गरेको भए पनि त्यो अझै पुरक नभएको बताए ।
कार्यक्रममा नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ , नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की , नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति विनोद कार्की , नेकपा माले रामेछापका सचिव ओमबाबु पुरी , मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका वडाध्यक्ष वुद्धी बहादुर पुलामी मगर र रामेछाप उद्योग बाणिज्य संघका महासचिव जगन्नाथ दाहाल लगाएतले बोलेका थिए । उनीहरुले मन्थली नगरपालिकाको मात्रै नभै रामेछाप जिल्लाकै ठुलो संभावना बोकेको प्रसिद्ध र अति महत्व र ठुलो पर्यटकिय स्थल थानापति बैरा महादेवको संरक्षण , संवर्दन , प्रवर्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
रामेछाप , सिन्धुली , दोलखा , ओखलढंगा , काभ्रे , सिन्धुपाल्चोक , उदयपुर ,काठमाडौँ लगाएतका जिल्लाहरुबाट दर्शन गर्न आएका वर्तालु भक्तजनहरुलाई दर्शनका लागि व्यवस्थित लाइन र आवश्यक सुरक्षा व्यवस्था गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्रप्त कलाकारहरु कुमार कार्की, सशिकला मोक्तान, शिबशागर मगर, कल्पना सुनुवार, पासाङ्ग मोक्तान लगाएतले बेजोड मनोरञ्जनात्मक प्रस्तुतीहरु दिएका थिए । कार्यक्रममा थानापति मन्दिरको प्रबद्र्घन गर्नका लागि विभिन्न क्षेत्रबाट योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस