रामेछाप नगरपालिका वडा नं ५ को वडा कार्यालयमा आउने महिला सेवाग्राहीहरुलाई सहजहोस भन्ने उदेश्य सहित रामेछाप नगरपालीका वडा नं ५ रामपुरमा स्यानीटरी प्याडसहितको स्यानीटरी प्याड परिवर्तन कक्ष सञ्चालनमा ल्याएको छ । रामेछाप जिल्लामा स्यानीटरी प्याडसहितको स्यानीटरी प्याड परिवर्तन कक्ष सञ्चालनमा पहिलो पटक रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा भएको छ । रामेछाप नगरपालीकाले बिभिन्न बिद्यालयहरुमा समेत स्यानीटरी प्याड यस अघि बितरण गरीसकेको छ । वडा कार्यालयमा सेवा लिन आउँदा महिलाहरु महिनावारी भएकै कारण असहजता महसुस गरेर सेवा नलिइ बिभिन्न बहानामा घर फर्कने गरेको र यो कक्ष संचालन गरेपछी सेवा नलिकन र्फकन नपरोस भन्ने उद्देश्यले प्याडसहितको कक्ष सञ्चालन गरेको वडाध्यक्ष भिम बहादुर तामाङले जानकारी दिनु भयो ।