दशैंको अग्रिम टिकट बुकिङ, कहिलेदेखि खुल्दैछ ?

काठमाडौं – नेपाल सरकारले भदौ २५ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने भएको छ । यातायात व्यवस्था विभागले यसबारे छलफल गर्न व्यवसायीहरुलाई बुधबारका लागि बोलाएको छ । व्यवसायी सहमत भए २५ गतेबाट बुकिङ खुल्ने यातायात व्यवस्था विभागले जनाएकाे छ । सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ । तर, यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग तस्र्याएर सरकारलाई दवाव दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस