मिसन नेपालले सरकारलाई भ्रष्टाचारी मुद्दामा तत्काल छानबिन गर्न ध्यानाकर्षण गरायो

काठमाडौं :-   देश हाम्रो हो यो देशलाई कसरी राम्रो बनाउ सकिन्छ सबैले सोचौ र आज र अहिले देखि नै लागौ ! हामीले नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने? मिशन नेपालको टिमद्वारा काठमाडौंको सिहदरबारमा अर्थ मंत्रालय, संस्कृति म॔त्रालय, श्रम तथा वैदेशिक रोजगार मंत्रालय, कृषि मंत्रालय, गृह मन्त्रालय, स्वास्थ्य मंत्रालय समेतका ८ बटा म॓त्रालय र प्रधानमन्त्री को निजी सचिवालयमा देशका समसामयिक राजनीतिक परिस्थिति देशमा देखिएको भ्रष्टाचार वेथिति बिदेशमा छरिएर रहेका युवा युवतीहरूको करूणदायी परिस्थिति, जनतामा लादिएको करको अपारदर्शी प्रणाली, देशमा रहेका ऊर्वराभूमिको बाँझोपन, उपत्यका लगायत देशभरीका शहरहरुमा घरभाडाको चरमचुलीमा बृद्धि नियंत्रण तथा अनुगमन, देशमा भएका जघन्य अपराधको अनुसन्धान, कृषिमा वैज्ञानिकीकरण, निजी बिद्यालय र कलेजमा भएको भ्रष्टाचार र व्यापारमा तत्काल सुधार निजी शिक्षालयलाई सरकारीकरण,बिषादीयुक्त तरकारी र फलफुलको नियंत्रण तथा पारदर्शी परीक्षण,मेलम्ची खानेपानी आयोजना सञ्चालनमा भएको भ्रष्टाचार र तत्काल मेलम्ची खानेपानी उपत्यकामा ल्याउने तर्फ सुझाव र पानी माफियाहरु ,भू माफियाहरुको ब्रम्हलुट बन्द गर्ने , देशका राष्ट्रिय तथा बहुराष्ट्रिय योजना हरूमा हुने आर्थिक अनियमितता र भ्रष्टाचार मौलाएको छ र तत्काल अनुगमन र कारबाहीको माग, एनसेलको भ्रष्टाचार प्रकरण, वाइडबडीको विमान खरिद प्रकरण कान्डको सत्य तथ्य छानबिन, एनटिसि नक्कलि ठेकेदार भ्रष्टाचारको अनुसन्धान, जी. फोर कान्डलाई उजागर, ३३ किलो सुनकान्डका तस्करी र भ्रष्टाचारीको चिरफार, धर्मको नाममा राजनीति को अन्त्य, एनसेलको ७२ अर्ब भ्रष्टाचार र राजस्व छली र सर्वोच्चका न्यायाधिशहरूबाट एनसेल कम्पनीलाई कर नतिर्न आन्तरिम आदेश परमादेश जारी गर्ने न्यायधीशहरुलाई कारवाहीको जोडदार माग, राज्यका सबै तहमा नारी सहभागिता, नारीहरूको राजनैतिक व्यवस्थापनमा ५०% अनिवार्यता, समानुपातिक प्रतिनिधित्व, माओवादी जनयुद्धका घाईते अपांग र लडाकुकोहरूको सुबिधा र औषधि उपचार, २०४७ साल यताका पार्टीका शीर्ष नेता र उच्चस्तरीय कर्मचारीहरूको सम्पति छानबिन, देशमा आयातित आर गणतन्त्रप्रतिको जन आश्था घटदै। देशमा आफ्नो धर्म संस्कृति र परम्परा सबै बिक्री गरी सके देशका राजनेताहरूले यस्ता बिषयमा गंभीर र सुधार गर्नुपर्ने तडकारो आवश्यकता भएको छ, देशमा गणतन्त्र बिष बृक्ष भयो यो बिष बृक्षलाई अमृत बृक्ष कसरी बनाउने, देशका शीर्ष नेताहरु कृष्सियन ईशाइ र पादरी भए, युरोपेली युनियनबाट डलर खाइ धर्म बेचे , देशको रीतिथिति संस्कृति र संस्कार बेचे यस्ता कृयाकलाप जन मान्य छैनन , देशमा कुनैपनि हालतमा गणतन्त्र स्थापना र स्थाईत्व संभव छैन, गणतन्त्र राम्रो शासन पद्धति हो तर नेपालमा यो त॔त्र लुटतंत्र परिणत भयो, देशका शासक नेपाली हुन सकेनन बिदेशीका गोटी र लम्पसारवादी बिदेशीका दलाल देश बिखन्डन मतियार बने , देशको न बिकाश भयो न देशमा युगान्तकारी परिवर्तन र सम्मृद्धि छायो , देशका प्रधानमन्त्रीले तराईका जनतालाई अधिकार सम्पन्न बनाउन सकेनन एउटा राष्ट्रद्रोहीलाई तराईको २ नं.प्रदेश जिम्मा दिए, स्थानीय तह देखि प्रदेश र केन्द्रीय सरकारसम्म भएका भ्रष्टाचारको छानबिन, प्रदेश र प्रतिनिधि सभाका सांसदहरूले ३ र ६ करोड सांसद खर्च फिर्ता गर्नु पर्ने,गाईगोरू हत्या को दोषीलाइ कारवाही, सिमा अतिक्रमणमा तत्काल रोक, सांस्कृतिक सम्पदामा भएको आक्रमणको अन्त्य, युवाहरूलाई देश मै स्वरोजगारको व्यवस्था, नारीहरूको सुरक्षा, शालिकराम पुडासैनी को हत्या को दोषी र निर्मला हत्या को दोषीलाइ कारवाही गर्न सरकारलाई दवाव, देशमा घटेका जघन्य अपराधको अनुसन्धान गर्न दबाब, प्रभावमा नपारी स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न नेपाल प्रहरीलाई जिम्मेवारी दिने र प्रहरीलाई राजनीतिको गंधबाट टाँढा राखी स्वतन्त्र बनाउन जोड, आयातित धर्म र आयातित राजनीतिको अन्त्य आदि- ईत्यादि विविध बिषयमा मंत्री , सचिव र स्वकीय सचिव समेतमा छलफल र बिचार बिमर्श गरिएको छ। स्मरण रहोस बिगतमा देशको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिइएको र केही भ्रष्टाचार मुद्दामा उजुरी उपर छानबिन नभएको तर्फ अनुसन्धान गर्न ध्यानाकर्षण गरिएको र हाम्रा सुझाव सल्लाह र दवावका बिषयलाई सरकारबाट संबोधन नभएमा र सरकार नसच्चिए समर्थन र नसच्चिए ! देशका राष्ट्रवादी र राष्ट्रिय शक्तिको रूपमा रहेका युवा शक्ति तथा स्वतन्त्र नागरिक समाजबाट सडक आन्दोलन गरी बृहद खबरदारी हाम्रो साझेदारी अभियानमा भावी समयमा कार्यक्रमको आयोजना गरीने हुँदा प्रत्येक नेपाली हामी ऐक्यबद्धता जाहेर गरी सडकमा उत्रिनेतर्फ सरकारलाई गंभीर ध्यानाकर्षण सहित अपिल गरेको  मिसन नेपालका केन्द्रिय युवा अध्यक्ष जे.आर क्षेत्रीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस