एमएमकप क्रीकेट कपको उपाधि लङ ग्रीन रिभर बोर्डिङ स्कुल सल्लीबजारकाे पाेल्टामा

एमएमकप क्रीकेटको उपाधी सल्ली बजारले जितेको छ।शुक्रवारदेखि सदरमुकाम खलंगामा जारी क्रीकेट प्रतियोगीताको उपाधी लङ ग्रीन रिभर बोर्डिङ स्कुल सल्लीबजारले हात पारेको हो। त्री. ज. मा. बि खलंगालाई फाईनलमा हराउदै लङ ग्रीन रिभर बोर्डिङ स्कुल सल्लीबजारले उपाधी हात पारेको आयोजकले जनाएको छ। त्री. ज. मा. बि विरुद्ध टस जितेर ब्याटिङ गरेको लङ ग्रीन रिभर बोर्डिङ स्कुल सल्ली ले निर्धारित २० ओभरको खेलमा १५.३ ओभरमा आफ्नो सबै विकेट गुमाउदै जम्मा ९३ रन जोड्यो । बलिङतर्फ त्री .ज .मा. बि खलंगाका सबिन गन्धर्बले ४ र दिपक गन्धर्बले ३ विकेट लिए । त्यस्तै ब्याटिङतर्फ निरज शाहिले १६ , मोहन रावत ले १४ रन बनाए र अन्य ब्याट्स्म्यान ले खासै राम्रो योगदान दिएनन । ९४ रनको मध्यम लक्ष्य पछाएको त्री. ज . मा. बि १४.३ ओभरमा ७९ रनमै अल आउट हुन पुग्यो ।
बलिङतर्फ बिबेक बिस्ट ले आफ्नो ४ ओभरको स्पेलमा २ मेडन सहित ४ रन दिदै ५ विकेट लिए भने अर्का बलर लाल बहादुर यरिले आफ्नो टिमलाइ उपाधी दिलाउन महत्वपुर्ण ३ विकेट लिए । उक्त खेलको म्यान अफ दि म्याच बिबेक बिस्ट घोसित भए । एमएम एकेडेमी खलंगा सल्यानको आयोजनामा अन्तर बिधालय स्तरीय क्रीकेट प्रतियोगितामा बिजेता सल्ली ले नगद रु.१५ हजार , प्रमाणपत्र ,कप ,मेडल प्राप्त गर्यो भने उपबिजेता त्री. ज. मा .बि ले नगद रु. १० हजार , प्रमाणपत्र ,कप,मेडल प्राप्त गर्यो ।

प्रतिक्रिया दिनुहोस