रामेछाप गोकुलगंगा गाउँपालिकामा ट्रक दुर्घटना १ जना को मृत्यु २ जना घाइते

रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा न १ इल्छिरेबाट आलु प्याक गरि काठमाडौ हिडेको बा ५ ख ६३१० नम्बरको मालबाहक ट्रक हिजो साझ गोकुलगंगा गाउँपालिका वडा न १ को इल्छिरे र साँमडाँडाको बिचमा दुर्घटना हुँदा रामेछापको उमाकुण्ड गााउँपालिका वडा न २ बाम्तिभण्डार दोर्खपा निबासी गाडी साहु बिश्व बस्नेतको घटना स्थलमै मृत्यु भएको छ । त्यस्तै गाडी चालक सहित अन्य दुइ जना घाइते भएको गोकुल गंगा गाउँपालिका वडा न १ का वडा अध्यक्ष मणिकुमार लामाले बताउनुभयो । घाइते हुनेमा गाडी चालक जिरी नगर पालिका वडा न २ का पुरुषोत्तम घिमिरे र खाँडादेबी गाउँपालिका रामेछाप घर भई रामेछापको शिबालयमा फेन्सी पसल गरी बस्नुभएका यादब कुमार श्रेष्ठ रहेको पनि अध्यक्ष लामाले बताउनु भयो । घाइते श्रेष्ठ सामान्य घाइते भएका छन भने चालक घिमिरे भनि गम्बिर घाइते रहेका छन । ट्रकमा करिब ८ टन भन्दा माथी आलु रहेकाले ओबर लोडका कारण अनेन्त्रित भई दुर्घटना भएको हुन सक्ने स्थानिय बासीहरुले अनुमान गरेका छन । थप जानकारी आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस