राजनीतिको चरम चपेटामा राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान

काठमाडौं :-  दैनिक ४ सय ५० जनासम्म बिरामी आउने गरेको दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिले थला परेको छ । जसको प्रत्यक्ष असर बिरामीमा परेको छ।

२०७४ असोजमा स्थापित प्रतिष्ठानलाई प्रदेश ५ को स्वास्थ्य क्षेत्रको सुधारको अगुवाइ गर्नुपर्ने जिम्मेवारी छ । तर, यसले जिम्मेवारी वहन गर्न नसक्दा जटिल प्रकृतिका बिरामीलाई नेपालगन्ज, बुटवल, काठमाडौंसम्म रेफर गर्नुपर्ने बाध्यता छ।

प्रतिष्ठानमा २२ जना चिकित्सक छन् । प्रतिष्ठानको कुल बजेट १४ करोड बढी छ । प्रतिष्ठानले दु्रत गति लिन नसक्दा गम्भीर प्रकृतिका बिरामी अन्य जिल्लाका अस्पतालमा रेफर हुने क्रम बढेको छ ।मुख्यतः अहिलेसम्म पनि एमबीबीएस, नर्सिङलगायतका कार्यक्रम अघि बढ्न सकेका छैनन्।

यस्तै, बिरामीले सहज र सरल तरिकाले सेवा नपाएको प्रतिष्ठान बचाऔं अभियानका सदस्य सचिव सविन प्रियासनले बताए। उनले भने, ‘सिकलसेलका बिरामी मारमा परेका छन्। प्रतिष्ठानले नाम दर्ताका लागि चर्को शुल्क लिने गरेको छ। अस्पताल सरसफाइविहीन छ।’

प्रतिष्ठानको स्थापना र सञ्चालन प्रक्रियादेखि नै विवाद तथा आन्दोलन भइरहेको हुँदा प्रतिष्ठानको सेवा सुविधा खस्किँदै गएको छ । आजको राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस