खतिवडा योगेन्द्रको बिप्लब लाई खुला पत्र

काठमाडौं :- आदरणीय कमरेड अभिबादन ,
बर्ग संघर्स र समाजबादी राज्यसत्ता स्थापनामा तिम्म्रो लडाँई त देखि सकियो तैपनी उत्पन्न परिस्थिबारे आज तिम्लाइ हजारौं प्रस्नका बिच केही मात्र प्रस्न गर्न मन लाग्यो !
कमरेड ,
बिप्लब गाउँ गाँउमा दुख दिन्छ भन्छन !
यो बिप्लब पनि यिनिहरुकै झट्केलो हुन पर्दछ भन्छन त्यसैलेत आज राज्यसत्ता का मतियारहरु हाँन्ने राँगो झैं छाडा हुँदा पनि बिप्लब चुँइक्क बोल्दैन अनि भन्छ म देस बनाँउछु क्रान्ती गर्छु, यस्तो सुन्दछुनी कमरेड गाँउतिर ??
प्रस्न तिर लागौं ,
बिप्लब जि कस्तो क्रान्ती गर्छौ ? देसमा यस्तो अत्याचार हुँदा त्यही चितवन बन्द गरेउ तर न्याँयको पक्षमा चुँइक्क बोलेनौ !
कस्तो क्रान्ती गर्छौ? हिजो नेपाल्मा सरकारी संचार सेवा प्रयोग गर्न टावर लगाउन रुखमा चढ्न पर्थ्यो डाँडा डाँडामा जान पर्थ्यो तर पनि नेटवर्क मिल्दैन थियो ,
ठिक त्यहि समयमा निजि ncell ले देसका दुर्गम दुर्गम घर घर्मै 3G सेवा दियो त्यसैलाइ निसाना बनाएउ यतिलेनी नपुगेर नागरिकलाई बम्ले सम्म उडाएउ !
कमरेड बिप्लब
आज अदालत्ले ६२ अर्ब रुपँया कर मिनाहा गरिदिँदा तिमि यो दलाल राज्यसत्ता बिरुद्द चुँइक्क बोल्दैनौ , यस्तो अत्याचार कैलेसम्म गर्छौ ? कि भनिदेउ म मेरो पुर्ब जंगली कमरेड बाट पालित पोसित र संचालित छु भनेर ! हैन भने तिम्म्रो असलिय अब अरु जनताले सहनेवाला छोइनन अति गरि सेकेउ अति !!
कमरेड बिप्लब ,
श्रृषाकाे कार्की लाई अात्महत्या गर्न दुरासन गर्ने > पत्रकार
शालिकराम काे भिडियो खिच्ने पनि > पत्रकार
शालिकराम लाई यातना दिलाई ज्यान मार्न डिजाइन गर्ने पनि > पत्रकार
खेम भण्डारीलाई रबि बिरुद्द उचाल्ने पनि > पत्रकार
एउटा पत्रकार भएर अर्को पत्रकार फसाउने खेल खेल्ने पनि > त्यही पत्रकार, चिन्नोस है !
हुँदाहुँदा पुँजिबादी हिजडाहरुको भित्री साँठगाँठमा मिलि नागरिक्को आवाज दबाउन कथित प्रेस काउन्सिलकाे नाम्मा आचारसंहिता ल्याउछु भनी हाम्म्रो मगज र कलम बन्द गराउन तम्सने पनि यहि धन्दुकारी झोले पत्रकार !
कमरेड
नेपाल्मा कस्तो खाले पत्रकारिता हुन्छ ??
अर्को दलाल्को तलुवा चाट्न पल्किएको पत्रकार जनता जाग्दा ती राजा बादी थिए भन्छ अनि माथी उल्लेखित पैलो पत्रकार चै आचारसंहिता बनाँउछ
तर
देसका ठुला भनौंदा मिडियाहरु चुपचाप बस्छन चुँइक्क बोल्दैनन र तिमिपनी बोल्दैनौ किन कमरेड ?
त्यतिमात्र हैन
कमरेड
देसका कर्पोरेट मिडिया दलाल हरुको चाकडी गर्दै साँचोलाइ झुट र झुटलाइ साँचो बनाउदै अदालती केस बनाएर सर्बसाधारण सडाउदै छन तिमी चुँइक्क बोल्दैनौ भन्छौ क्रान्ती गर्दैछु !
कस्तो क्रान्तिहो कमरेड ?
कमरेड ,
देसमा तिमिहरुकै योजनामा हिजो गरिएको क्रान्ती पम्फा बादल् को उतिबेलाको भारत्का महङ्गा होटेल्को इलुइलुको एकुन्द्रो मेट्न उतै बस्ने र यता देसमा डढेलो लगाइ रहने मात्र क्रान्ती होकि वास्तविक जनताको पिडा सम्बोधन गर्न दलालिकरणमा अब्यस्त दलाल पुँजिबादिहरुको स्टृङ अपरेसन सन्चालन गर्नु पनि तिम्म्रो कर्तब्यहो कमरेड ??
यदि कर्तब्य भए कैले बाट सुरु गर्छौ कमरेड ? कैलेबाट ??
जनताले तिम्म्रो मिलिभगतमा संचालित पैलो क्रान्तिनै पचाउन सकेका छैन तिम्ले दोश्रो क्रान्ती कस्कालागी , किन र कँहाबाट के प्राप्त गर्न गरिरहेका छौ??
नेपालिजनतालाइ यो बुझाउन पर्दैन ? पर्दछ भने कैलेबाट बुझाँउछौ कमरेड कैलेबाट !!
अन्त्यमा
सुन कान्डमा सनम मारिए बोलेनौ , सभामुखले म आफैं सानो माछो भन्दा पनि अँह चुँइक्क बोलेनौ ! निर्मलाकान्ड डेढ साल पुग्न लाग्यो बोल्दैनौ , वाइडबडिमा त्यत्रो तहल्का मच्चियो अझ मन्तृनै डिजाइन गरि मारियो बोलेनौ , जनताको सेवक्को रुपमा कामगरिरहेको एउटा पत्रकार माथी यत्रो ज्याजती हुँदा , लाखौं जनताले देसै घन्काउँदा समेत बोलेनौ , बरु त्यही जिल्ला बन्द गरेउ तर नि बोलेनौ किन कमरेड ?
यस्ता लाखौं मुद्दाहरुछन जस्ले देस मासिईरहेको छ तिमी बोल्दैनौ ! सरकार नागरिकले सामाजिक संजाल मार्फत गालिगरे , लखेटे , खुकुरी देखाए , ढुङ्गा हाने हामिलाइ भनेर प्रहरी प्रसासन लगाई रातदिन ती बिचरा निर्दोस गरिब जनतालाइ दुख दिई धरपकड गरि हिरासत्मा पेलिरहेको छ, बोलेकै लेखेकै भरमा भोलि हामिलाइ पनि पेल्दैछ तर तिम्लाइ बाल मत्लभ छैन , बोल्न पर्दैन ? बोल्छौ कैले कमरेड , यो देसमा अब अरु के भएचैं बोल्छौ ? को हुन तिम्म्रा नागरिक ? कस्कालागी भएचैं बोल्छौ कमरेड ?
धन्यबाद !

प्रतिक्रिया दिनुहोस