प्रदेश -२ को संगठन बिस्तारमा लाग्यो राप्रपा

जलेश्वर । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश -२ अन्तर्गतका जिल्लाहरुको संगठन बिस्तार र सुदृढीकरण अभियान शुरु गरेको छ ।

अभियान अन्तर्गत सर्लाही, महोत्तरीको बिस्तारित बैठक सम्पन्न भैसकेको छ भने आज सिरहा र सप्तरीको बिस्तारित बैठक सम्पन्न हुने पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

महोत्तरीको जलेश्वरमा आयोजित बिस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरि दर्जनौ ब्यक्तीहरु पार्टी प्रवेश गरेको प्रबक्ता सुशील श्रेष्ठले बताए ।

अभियानमा सबै जिल्लाको बिस्तारित बैठक बस्ने, बैठकमा आगामी महाधिवेशनलाई केन्द्रित गरि  स्थानीय तहको संरचनाको अधिबेशनको तयारी शुरु गर्ने, साधारण सदस्यता र सकृय सदस्यता बितरणलाई अभियानको रुपमा संचालन गर्ने, जनबर्गिय संगठन निर्माण र कृयाशिलतालाई उच्च प्राथमिकता दिने, पार्टी प्रवेश कार्यक्रम संचालन गर्ने, तराई-मधेसको बिकास र समृद्धिको मुद्दालाई प्राथमिकताका साथ उठान गर्ने, भ्रष्टाचार र बेतिथिको भन्डाफोर गर्ने तथा हिन्दुत्वको एजेन्डालाई जनताको घर दैलोमा पुर्याउने लगायतको बिषयमा छलफल भैरहेको प्रबक्ता श्रेष्ठले जानकारी दिए ।

पार्टीको उपाध्यक्ष महेशलाल महासेठ्को नेतृत्वमा रहेको टोलिले सबै जिल्लाको बस्तुस्थितिको अध्ययन गरि विश्लेषण सहित केन्द्रमा प्रतिबेदन पेश गर्ने छ । भ्रमण टोलिमा उपाध्यक्ष महासेठ, प्रबक्ता सुशील श्रेष्ठ , प्रदेश अध्यक्ष चन्देश्वर यादब, केन्द्रिय सदस्य नयन बहादुर मोक्तान , सुशिला श्रेष्ठ र प्रदेश कोषाध्यक्ष शत्रुघन महासेठलगायत छन् ।

प्रतिक्रिया दिनुहोस