डेङगु सम्बन्धि बृहत् र्याली भरतपुर महानगरपालिकाको आयोजनामा

चितवन :- नारायणगढमा डेङ्गु रोग सम्बन्धी वृहत र्‍याली हुने भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भोली हुन लागेको उक्त र्‍यालीमा महानगरवासीलाई डेङ्गु रोगविरुद्ध सचेतना अभिवृद्धि गरिने छ ।

र्‍याली भोली शनिबार १४ गते विहान ७ः०० बजे महानगर परिसरबाट सुरु हुने भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । र्‍याली महानगर गेटबाट सुरु भएर लायन्सचोक, शहीदचोक, कमलनगर, पुलचोक र पोखरा बसपार्क हुँदै पुनः लायन्स चोकमा आएर सकिनेछ । र्‍यालीमा सहभागी हुन प्रमुख दाहालले सबैलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस