गणतन्त्रको दिक्दारी

काठमाडौं :- बिस्वका धेरै देसहरु जतिजती बिकासको गतिमा लम्किरहेका छन , नेपाल ठिक त्यस्को बिपरित आफू र आफ्नो लक्षमा अल्मलिई रहेको छ , जताततै भ्रस्टाचार , बेथिती , बिसंगती र लाचारिले हरेक वडावडा सम्म बरको जराझै जरा फैलाइ रहेको छ सरकार संम्मृद्दी त आयो आयो भनिनै रहेको छ , अचम्मत यो छ कि विभिन्न देसका अन्तरास्ट्रिय मानकहरुले देसको आर्थिक अवस्था झन्झन कम्जोर हुँदै गैरहेको देखाइ रहेका छन ।
२०४६ साल पछिको प्रजातान्त्रिक ब्यबस्थाको जग त्यतिबेलाको भन्दा झन झन आज कम्जोर हुँदै गैरहेको एउटा समान्य नागरिकले सहजै कल्पना मात्र हैन आँखै अगाडि देखिरहेकोछ।देसले सुसानस ,स्थिरता , बिकास पाउला भनेर जनताले जिताएर पठाएको सरकार आज लाचार , निकम्मा र अनिर्णयको बन्दी झैं भएको स्पस्ट आँकलन गर्न सकिन्छ ।
सिक्षा, स्वास्थ , र नागरिकको दिनचर्या सँग जोडिएका तमाम न्युनतम आबस्यकताका चिजहरु परिपुर्ती गर्न सर्बसाधारणले बिदेस बाट भित्रने बिप्रेसण को मुख नताके सम्म गरिबहरुका चुल्हा प्राय गरम हुन छोडेको भान हुन थालेको छ । चौतर्फी माफियागिरि र भ्रस्टाचारिहरुले नागरिकले पाँउने न्युनतम् हकहरुलाइ आज ब्यापारिकरण गरि आफ्नो स्वार्थ अनुरुप प्रयोग गरिरहेकाछन, सरकार यसैलाइ सम्मृद्दी भनिरहेकोछ ।
गणतन्त्रको दिक्दारी !
देसमा दसकौं लगाएर लडेर ल्याएको ब्यबस्था आज संखाको घेरामा रुमल्लिएको छ । जनयुद्द का नायकहरु हौं भन्नेहरु आज जनताबाट कुटिने अवस्थामा पुगेका छन यस्तो अवस्थाकिन आयो ? गम्भीर बिसय बनेको छ । हरेक दिन जसो bicc भित्र फाँडिने सांसदहरु आफ्नो सुबिधा बढाउने र त्यँहा बस्दा Ac रेफृजेरेटरको बिसय उठाउन तल्लिन देखिन्छन तर देसका दुर्गम भागहरुमा सुत्केरी महिला , गरिब किसान , अनि बिपन्न बर्ग सिटामोल नपाएर मरिरहेका अँह पटक्कै देख्दैनन , तर सरकार भनिरहेको छ समृद्दित आयो आयो !!
देस आज गणतन्त्रको अभ्यासमा छ , सिस्टम आफैमा त्यति खराब थिएन जति खराबी आजको अवस्थामा नेतृत्वगर्नेहरुबाट बनाइयो ! यहि अवस्थाले जनताको सुखका सासफेर्ने , अमन चय कायम गरि सम्म्मृद्द देस बनाउने सपना फेरि पनि दसकौं पर धकेलिएको स्पस्ट भैसकेकोछ।
जनताको दिक्दारी , युबाको पलायनता र दलिय आफन्तको माफिया गिरिले राज्यका तिनै निकाय [ ब्यबस्थापिका , कार्यपालिका र न्यायपालिका ] आज थिल्थिलो भएको अवस्था छ, सिकिस्त छन ।
जबजब जनताले आफ्नो अधिकार भनेर लडे तबतब एउटा निस्चित बर्ग सोच र त्यस्को अधिन्मा देसको सासनसत्ता मोटाँउदै गयो , यसरिनै जानेक्रम्मा आजहामी बिस्वमा हेपिएका अन्तरास्ट्रिय श्रमिक बंगाली श्रमिक भन्दा चुत्थो स्थान्मा दर्ज हुँदै गैरहेको पनि विभिन्न अन्तरास्ट्रियश्रमिक आँकडाहरुले देखाउदै लगिरहेको छ यस्को कारण पनि देसकै शासन पद्दती र संस्कार हो भन्ने बिसयको बहस सामान्य भन्दा सामान्य युबाले छर्लङ्गै बुझ्न थाली सकेको छ ।
प्रसंग बदलौं
केही दिन अगाडि माइतिघर मन्डलामा लाखौ मानिस उत्रीए आगो बल्यो अनि सडक तात्यो तर ती जनता किनआए अँह राज्यसंचालक्लाइ पत्तो सम्म त्यतिबेला सम्मभएन जतिबेला सम्म उनिहरु आफ्नो गल्ती ढाक्छोप भैहाल्छनी गरिहालिन्छनि मै तल्लिन थिए, तर जब जनताको धैर्यताको बाँध फुट्यो तब न त्यो ढाक छोप ले काम गर्यो नत सिस्टम्लेनै !
देसका जनताको लागि , गरिब्को लागि , असहायको लागि अनि निमुखाको लागि निसर्त कामगर्ने हरु , बोल्नेहरु आज गणतन्त्रको सरकार र त्यस्का सुभचिन्तक र संचालित दलहरुका झोलितुम्बाहरुबाटै पैलो निसाना बनेकाछन त्यसैको पछिल्लो उदाहरण बन्यो रबि लामिछाने कान्ड चितवन !
त्यसैको उदाहरण बन्यो नागरिकता बिधेयक , सुनकान्डमा मारिएका सनम , बलात्कार पछि हत्या गरिएकी मैना सुनुवार , निर्मला पन्त हुँदै शालिग्राम पुडासैनी कान्ड अनि सयकडौं कान्ड।
देसका गृहमन्त्री जनताको बोली सुन्दैनन , देसका सन्चारमन्त्री जनता देख्दैनन हुदा हुँदा इतिहासमै नभएको बिदेसी भुमिबाट प्रधानमन्त्री को लाइभ भिडियोमिटिङ, मन्त्री परिषदको बैठक्नै नबसेको भनी दिँउसै ढाट्छन संसद , सदन र जनतालाइ !!
म रबिलामिछानेलाई चिन्दिन न उन्लेनै मलाइ चिन्दछन तर म यो पुँजिबादी कथित गणतन्त्रलाइ राम्म्रो गरि चिन्दछु अनि यस्का मतियारहरुलाइ अझै राम्म्रो सँग ,
देसमा पत्रकारिता गरिरहेको एउटा युबा जस्लाइ निजि स्वार्थमा प्रयोगगरी हत्या गराइन्छ , अनि दोस पत्रकार्नै अर्को पत्रकारलाइ इन्जाम लगाउँदछ , पछिल्लो चितवन घटनामा स्पस्ट देखियो यो दोहोरी मा पश्चिम तिरबाट प्रस्तुत पत्रकार खेम भन्डारी र काठमाडौ बाट किसोश श्रेष्ठको गतिबिधिले केही नबुज्ने सिधा लाटा सोझालाइ पनि घामझैं छर्लङ्ग पारेको छ ।
देसको चौथो अंग दलिय भागबन्डामा क्षत्बिक्षत भै बिकि आआफ्नो प्यानल र च्यानेल बलियो बनाउने दाउमा गणतन्त्र नै दाउमा लगाउन छातिपिटिपिटी छक्का र चौका भनी जुवाका कौडा झैं गरि एक दोश्रोलाइ सिध्याउन साँढे गोरुजैं लागेको अवस्था छ , केयसरी सम्मृद्द हुन्छ गणतन्त्र ?
गणतन्त्रको दिक्दारी !
देसमा जनतालाइ यसरीनै दिक्दारी दिँदा दिदै अझै नपुगेर बोली बन्द गराउन सरकार आफैं लागेको छ । यसको पछिल्लो उदाहरण हो केही दिन अगाडिको नेकपाको बैठक र त्यस्ले पास गरेको बिसयबस्तु , जस्मा उस्को बिरोध आलोचना गरे कार्बाहिमा परिने प्रस्ट सँग उल्लेख गरिएको छ ।
गणतन्त्र को दिक्दारी !
अझै लेख्दा,
हो देसका जनताको चेतनाको स्तर अब हिजोको अवस्थामा पटक्कै छोइन , जब जब राज्यले जायज बिसय बस्तु लाई दमन गर्न खोज्दछ नि त्यतिबेला राज्य जनताको अगाडि कम्जोरमात्र हैन घुँडा टेक्न बाद्यहुन्छ । आज गणतन्त्र जनताको कारण हैन सासकहरुको कारण संकटमा परिसकेको छ , हामिमा दलिय झुकाब पनि यति सम्म गिरेको छनी
हेरौं एउटा उदहरण >
वैदेशिक रोजगारले भर्खरै गाँसिएको नाता, पलाउँदै गरेको प्रेम, हुर्कदै गरेका नानीहरु, डाँडापारी हुन लागेका बा–आमा, साथीसंगी, घरगाउँ र आफ्नो देश सबै त्याग्न आज ८० लाख बढी युबा युबतिलाइ बाध्यत गराएकै छ ,
यतिमात्र हैन कथम कदाचित ती नेपाली युबा युवती उतै बिरानो मुलुक्मा मरे भने उस्को सरकारले सुन्न्दा पनि सुन्दैन कुकुर मराइ मर्नेहो हिजोको लाखौं घटनाले बितेका केही बर्समा दिएको रिजल्ट यहि हैनर सत्य ? तर मेरो देसको सरकार , मेन्पावर र श्रम मन्त्रालय चैं गद्गदी हास्ने हो !
यद्यपि
राजनैतिक झोले भएकै कारण बिडम्बना चै केछ भने
अरब्को खाडिमा अरबिको गेट खोल्ने र बन्द गर्न ल्याइएको एउटा पालेले न त्यो द्वन्द देख्यो न राजनिती बुझेको छ तर अबको दसबर्स मेरो ओलिलाइ भन्दै समाचार लेख्दछ ! म चुर्लुम्म डुब्दछु अनि नतमस्तक हुन्छन मेरा कलम्का निमहरुकी म के गर्दैछु भनी …..
अझै सोच्दछु गणतन्त्र , संघियता अनि धर्म निरपेक्षताको बारे अनि फेरि कलम उठाउन खोज्दै ,
62 अर्ब ncell लाई छुट गराउन भित्र भित्रै चरम दलाली सहित चलखेल गर्ने तमाम कथित बुद्दिजिबिहरु रबिलामिछानेको संपत्ती छन्बिन हुनुपर्दछ भनेर लागेछन, पिछलग्गुहरु पनि भ्या भ्या गरिनै रहेका छन । यिनिहरुलाइ कस्तो लाज नभएको कि रबि मेहनत्ले कमाउने ठिट्टो हो, १५ बर्स बढि अमेरिका बसेको युबाले नाथे नेपाली पाराको जिन्दगी जिउन पनि कमाएन होलात ?
गणतन्त्र को दिक्दारी!
नेपाल्को न्यायालय तथाकथितहरुको सेटिङ बाट संचालित र तिनै बाट खरिद बिक्री भै प्रभाब्मा छ यस्को भन्डाफोर गर्नै पर्दछ । हो लेख्नै बोल्नै पर्दछ अनि सोच्नै पर्दछ कि कस्तो गणतन्त्र आयो ??
गणतन्त्रको दिक्दारी कहाँ सकियोर !
भो कुरा नगरुम किनकी सरकार चलाइ रहेको दल त्यस्को भात्री संगठन्का केही नाइके एउटा पत्रकारले आबस्यकता परे राजनितिमा आँउछु भन्दा पृथिबिनै कम्पित भो झैं गरि उस्का राजनैतिक पिताले काटेको जेल जीवन जोडि ल आइजनत जुध्न भनेर भित्तो खोश्रन्छ , फाँफा र फुँफु गर्दछ तर उस्लाइ थाहा छैन कि आज मालिक्का कारण हाम्म्रो जगको अवस्था केछ भनेर !! उस्लाइ थाहा छैन कि उस्को मालिकले
चालू आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा मात्रै करिब २ अर्ब ५५ करोड रुपैयाँ खर्च गरेको तर उ निरन्तर एउटा सच्चा पत्रकारको खेदो गरिरहन्छ ।
उस्लाइ थाहा छैन कि तात्कालिन समयमा तिनै मालिकले प्रजातन्त्रको नाम्मा जनतालाइ सुखी बनाउने नाम्मा कोसि बेचे , गन्डक बेचे , महाकाली बेचे , टनकपुर बेचे , बिपा सम्झौझा गरे , हजारौं को संख्यामा ठुला भ्रष्टाचार गरे तर आज तिनै देसका शासन सत्तामा छन अनि यी किन बेचेउ भनेर प्रस्न उठाउने पत्रकारलाइ कसरी सिध्याउन सकिन्छ त्यतातर्फ रुमल्लिरहेको छ अँह तर उ पटक्कै भन्दैनकी आफ्नो मालिक गलत गरिरहेकोछ , उ अझ जोरले बिदेसको बेल्चावाला होस वा स्वदेसको गोठालो होस वा स्वदेसको अगुवा पिछुवा चम्चे उ निरन्तर चिच्याइनै रहन्छ हामी सम्मृद्दि त दिन्छौं दिन्छौ भनेर ! कसरी बिस्वास गर्ने अब कसरी? कि यो संस्कार अनि सिस्टमबाट बिकास हुन्छ भनेर ?/
अन्त्यमा ,
देसको सिमाना मिचिदा , दिँउसै अरबिको घरमा नेपालिचेली बलात्कृत हुँदा , माफियाले पुलिस सँग सेटिङ गरि खरिद गरेको टिफरले मान्छे मार्दा , ठुल्ठुला योजनाको भ्रस्टाचार बाहिर ल्याउदा , देसका कुनै मिडिया बोल्दैनन तर एउटा प्राइभेट चानेल मार्फत ती सब्का सबको भन्डाफोर गर्ने एउटा पत्रकार सिध्याउन जुर्मुराएर मालिक्को आदेस मान्ने तथाकथित युबा अँह मालिक तिमी गलत छौ म गर्दिन यस्तो काम कदापी भन्दैन बरु उत बारा पर्सा तिर टोर्नाडो आँउदा जनतालाइ बिपत्तिको बेला सघाउने नाम्मा तिनै मालिक्सँग मिलि अबैध रुपमा राज्यको करोडौं रकम झ्वाम पर्दछ कसैले गन्ध सम्म पाँउदैनन अनि भन्छ गणतन्त्र आयोनी, जनता धनी भएनी , तर त्यही बेथितिको बारे समाचार लेख्ने एउटापत्रकार लाई जिँउदै खाल्डो खनी गाडिन्छ , तिनिहरुलेनै गाड्छन नपत्याए हिजो डेकेन्द्र थापालाइ हेर्नोस कसरी गाडे अनि आज लाखौ जनता सडक्मा नआएको भए हेर्नोस रबिलाइ कसरी गाड्न तम्सिएका थिए !!
हो यस्तै हरुबाट देस थिल्थिलो भएको छ निर्दोस थुनिएको छ दोसि फुल्मालामा सझिएको छ नपत्याए हेर्नोस सिके राउत र दिपक मनाङ्गे लाई अनि हेर्नोस बालकृस्ण ढुङ्गेल र माइला लामालाइ ।
धन्यबाद

प्रतिक्रिया दिनुहोस