दोलखा : भीमेश्वर नगरपालिका ४ का वडा अध्यक्षमा हरिबंश चौलागाईलाई दोलखाका प्रहरी नायव उपरिक्षक मानबहादुर राईले कुटपिट गरेकाछन ।सदरमुकाम चरिकोटको पानारमा रिसार्टको परिसरमा हत्या गरिएका १८ बर्षिय पवन बस्नेतको हत्यारा पत्ता लगाउन प्रहरीले धेरै आलटाल गरेपछि सोधपुछका लागी मृतकका आमा बुबा र स्थानिय भद्रभलामीहरु लिएर पुगेका चौलागाई एक्कासी अपशब्द बोली डिएसपी राईले कुटपिट गरेकाे थियो । पिडित वडा अध्यक्षले आफुमाथि डिएसपी राई हातगरि मुद्धा ओजेलमा पार्न खोजेको पत्रकार सम्मेलन गर्दै बताए । तत्कालिन नेकपा एमालेबाट उम्मेदवार भई अत्याधिक बहुमतलले बिजय भएका चौलागाई एककासी तँ गद्धार होस ,तँ ले कसरी चुनाव जितिस मलाई थाहा छ भन्दै कार्यकक्षबाट बाहिर जान धम्की दिंदै नत्र गल्हताउँछु समेत भने पछि नमानेकोले डिएसपी राइले कुटपिट गरेको बिज्ञप्ती जारी गरिकाे छ । जनताको माझ अति निकृष्ट शब्द बोली अनुसन्धानलाई प्रभावित पार्न आउने तँ को होस ? ,तेरो सरकारले राज्यपूर्न संरचना अनुसार प्रविधि के दियो ? धेरै नबोली जा ,नत्र भाटा हान्छु भन्दै हातपात गर्ने अपराधिलाई डिएसपीलाई कानुनी कावार्ही गर्न वडा अध्यक्षले सरकार संग माग गरेकाे छ । कानुन हात लिएर नागरिक माथि अत्याचार गर्ने डि एस पी राई कहिलै राष्टसेवक कर्मचारी बन्न सक्दैनन । गृह सचिव संग नाता जोडेर पदको दम्भ देखाउने उनको रवैयाको परिमती हो जनताको प्रतिनिधिमाथि हात पात गर्नु । ” नेकपा दोलखाका जिल्ला कमिटि सदस्य तारानाथ चौलागाईले भने । उनले भने ‘मृतक पवन बस्नेतको हत्याको घटनालाई प्रहरी स्वयले अन्यत्र मोड्न खोजेको र दोषीको पहिचान नगरी मुद्धाको अनुसन्धान ढिला सुस्ती गरेको छ ।यता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले टेलिफोन सम्पर्कका भने आुफले कसैलाई कुटपिट नगरेको यो हल्ला निरर्थक भएको दाबि गरे । डिएपीको कार्यकक्षमा सिसि क्यामारा हुन्छ हेर्न सक्नु हून्छ दाबिका साथ राईले भने । पवनको हत्याका बिषयमा अनुसन्धान गहिरो रुपमा प्रहरीले गरि रहेको समेत उनले बताए ।(कान्तिपथबाट साभार )