अनेरास्ववियूको एकताले भाद्र मसान्तभित्र पुर्णता पाउने

हाल अनेरास्ववियूको संयोजक र सहसंयोजक तोकिए पनि अन्यको कार्यविभाजन टुंगो लागेको छैन । संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङ छन् ।

अनेरास्ववियूको एकताले पूर्णता नपाए पनि बागबजारस्थित साविक अनेरास्ववियू -क्रान्तिकारी) को केन्द्रीय कार्यालयलाई नयाँ ब्यवस्थापनसहित साझा कार्यालय बनाएर उदघाटन गरिएको छ ।

कार्यालयमा नेकपाका तर्फबाट विद्यार्थी फ्र्याक्सन हेर्ने जिम्मेवारी पाएका इञ्चार्ज शाक्य र सहइञ्चार्ज विनोद ढकाललाई अनेरास्ववियू स्वागत गरिएको थियोे ।

पार्टी फ्र्याक्सनको तर्फबाट कार्यभार सुम्पिएको औपचारिक घोषणा गरिएपछि अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आ-आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका थिए । उनीहरुले आफूहरु एकताको काममा सम्पूर्ण रुपले जुटेको जानकारी पनि दिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।

कार्यालय उदघाटन समारोहमा अनेरास्ववियूका पूर्वअध्यक्षहरु लेखनाथ न्यौपाने, ठाकुर गैरे, रामकुमारी झाँक्री, रमेश मल्ल, नविना लामालगायतको उपस्थिति थियोे । कार्यक्रममा अनेरास्ववियूका नेता कार्यकर्ताहरु पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस