सबैको शिर उच्च हुने काम गरेर देखाउने प्रतिबद्धता गर्छु :पुनम गरुङ

काठमाडौँ  :- एनआरएन यूकेमा चुनावी माहोल बढ्दै गएको छ । चुनाव प्रचार प्रसारमा रहेका उम्मेदवारहरुले मिडल्याण्डलाई केन्द्रबिन्दु बनाएर प्रचारप्रसार गर्न थालेका छन् । निर्वाचनमा निर्णायक शक्ति ठानिएको कारण मिडल्याण्डप्रति उम्मेदवारहरुको आकर्षण देखिएको छ ।

प्रचारप्रसारकै क्रममा उम्मेवार समेत रहेकी पुनम गुरुङ सोमबार सिंगो टिम सहित मिडल्याण्ड पुगेकी थिइन् । उनले त्यहाँ पुगेर तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्नुको साथै महिलाहरुको प्रतिनिधिका रुपमा आफुले अध्यक्ष पदको उम्मेदवार दिएको बताइएकी थिइन् ।

उनले निर्वाचनमा आफुलाई मत दिएर जिताएमा सबैको शिर उच्च हुने काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । मिडल्याण्ड आफ्नो वचनमा पक्का र प्रतिबद्ध छ । हाम्रो यो एकता र ऐक्यबद्धतामा ढुक्क रहन साझा नेपाली समाज यूकेका अध्यक्ष महेश अधिकारीले  आग्रह गरेका छन् । उनले भने मिडल्याण्ड आफ्नो मतमा जहिले पनि एक ढिक्का भएर उभिंदै आएको छ र यसपटक पनि उभिनेछ ।

मिडल्याण्डबाट आइसिसी सदस्यमा दयानिधि सापकोटा एवम् एनआरएन यूके उपाध्यक्षमा पशपति पोखरेल, सचिवमा कोशलेश्वर ढकाल, सहकोषाध्यक्षमा विष्णु चालिसे तथा सदस्यहरुमा कृष्ण खरेल, नृपेश उप्रेती र गोमा पौडेल उम्मेदार छन् । त्यस्तै एनआरएन इंग्ल्याण्ड राज्य परिषदको सचिवमा गोविन्द खरेल उम्मेदवार छन् ।

चुनावी अभियानको शिलशिलाामा अध्यक्ष उम्मेदवार पुनमसंगै उपाध्यक्ष उम्मेदवारहरु सुनिल खड्का र रोजिना प्रधान, महासचिव उम्मेदवार फडिन्द्र भट्टराई, सचिव उम्मेदवार जित रानाभाट र रञ्जिता मल्ल, कोषाध्यक्ष उम्मेदवार तिलक भट्टराई, महिला संयोजक उम्मेदवार प्रसुना कंडेल,सदस्य उम्मेदवारहरु प्रकाश कंडेल, वन्दना खत्री, तथा इंग्ल्याण्ड राज्य परिषदको अध्यक्षउम्मेदवा दिपक श्रेष्ठ, आइसिसी सदस्य उम्मेदवारहरु राजन खकुरेल, अर्कराज तिम्सिना लगायतको टोली मिडल्याण्ड पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस