अर्पण थापाको ‘आधा सुर’ को सुटिङ सुरु

काठमाण्डौ-अशिन पौडेलको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘आधा सुर’ को सुटिङ सुरु भएको छ । पारिवारिक कथानक यस फिल्मको बुधबार भद्रकाली मन्दिरमा मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । तीन युवाको गीतसंगीतप्रतिको मोह, संघर्ष र पारिवारिक स्थितिको कथा फिल्मले वाचन गर्नेछ ।

फिल्ममा अर्पण थापा, प्रविण खतिवडा, शिशिर वाङ्देल, सरिता गिरी, दीलीप रानाभाट, सुरज बिष्ट, बविता मल्ल, सुभांगम पराजुलीसँगै नव नायक मोहन जैशी मुख्य भूमिकामा छन् । फिल्म बिष्णु कल्पितले खिच्दैछन् । रोशनराज थापाको संगीत रहने ‘आधा सुर’ लाई केशव रानाले सम्पादन गर्नेछन् ।

फिल्म क्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा रहेको फिल्म काठमाडौ र पोखरामा खिचिने छ । फिल्मका गीतमा रोशनराज थापाको संगीत छ । ‘आधा सुर’ को स्क्रिप्ट निर्देशक अशिन स्वयम् र सौरभ कार्कीले लेखेका हुन् । फिल्म भरपुर मनोरञ्जक बनाउने दावी निर्देशक अशिनको छ ।

प्रतिक्रिया दिनुहोस