चलचित्र “आमा” का लागी सुरक्षाले कपाल मुन्डन गरिन

काठमाण्डौ-फागुन ९ गते बाट देशभर प्रदर्शन हुने भनिएको नेपाली कथानक चलचित्र ‘आमा’का लागि नायिका सुरक्षा पन्तले कपाल मुन्डन गरेकी छन् । चलचित्रको कथाले यहि मागेको कारणले गर्दा आफुले मुन्डन गरेको उनी बताउछिन् ।चलचित्रको विषय वस्तु निकै राम्रो भएको हुदा ,चलचित्रलाई पनि राम्रो बनाउन कुनै कसुर बाँकी नराख्ने निर्माण पक्षले बताएको छ ।

चलचित्रको सिनका लागि कपाल सुरक्षाले कपाल काटेको यो पहिलो पटक हो । नेपाली चलचित्रमा वीरलै मात्र महिला कलाकारले कपाल काट्छन् । यसअघि नम्रता श्रेष्ठले भने कपाल काटेकी थिइन् । अधिकांसले कस्ट्युम प्रयोग गर्ने गरेका छन् ।
‘आमा’ निर्देशक दीपेन्द्र के खनालले सुरक्षासँगै मिथिला शर्मा, सरिता गिरी लगायतले चलचित्रका लागि विना सम्झौता कडा मेहनत गरिरहेको बताए ।

केही दिन अगाडि सिन्धुलीको गल्कोट पुगेर चलचित्रको केही सिन खिचेर फर्किएको युनिट अहिले काठमाडौंमा झरी कुरेर बसिरहेको छ ।
“झरीमा खिच्ने एउटा सिनका लागि कुरेको पाँच दिन भयो । तर खिच्न पाएको छैन । सिनामङ्गल–कोटेश्वर सडकखण्डमा पानीमा खिच्ने सिनका लागि पानीको पर्खाइमा छौं,” दीपेन्द्रले भने ।

सोसल ड्रामा ‘आमा’ दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । कथा पनि दीपेन्द्रले नै लेखेको चलचित्रमा मिथिला शर्मा, सरिता गिरी र सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस