रामेछापका हर्कबहादुरले विदेश पठाइ दिन्छु भन्दै ठगी गर्दा प्रहरीको फन्दामा

रामेछाप : रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडानं ३ घर भई काठमाडौं जोरपाटी बस्दै आएका हर्कबहादुर तामाङलाई ठगीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । तामाङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । तामाङले भोजपुर पौवादुम्मा गाउँपालिका ६ बस्ने एक व्यक्तिलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाइदिने र मासिक १ हजार २ सय डलर तलब र खान बस्न समेत दिने भन्दै प्रलोभन देखाई नक्कली टिकट समेत बनाई ३ लाख रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएका थिए । पीडितको उजुरीका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जोरपाटी एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।प्रारम्भिक अनुसन्धानका क्रममा उनले अन्य ४ जना व्यक्तिबाट समेत जनही ३ लाख रुपैयाँ दरले रकम लिई ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । गोकुलगंगा

प्रतिक्रिया दिनुहोस