काठमाण्डौ– ट्रेन्डिङको स्थान पाएको गायक नवीन रावलको “फर्कि फर्कि नहेर लब पर्ला है ” बोलको रोम्यान्टिक गित यूटुब मार्फत केहि समय अघि सार्वजानीक गरिएको हो ।
गितलाई निकै रुचार्र्ईएको छ । राम्रो प्रतिक्रिया पाईरहेको यस गित मा राहुल शाह र एलिशा शर्माको केमिष्ट्री जमेको देखिन्छ ।
गितमा गायक नवीन सँगै सदिक्षा कट्टेल को जादुमय स्वर सुन्न सकिन्छ । यस गितको शव्द मिलन विष्टले कोरेका हुन् भने संगित गायक स्वंम आफैले गरेका हुन् ।
गितमा युवा अवस्थामा हुने आकर्षण, माया पिरती, पिछा लाग्ने जस्ता कुरालाई समावेश गरेर देखाउन खोजिएको छ । विभिन्न रमणीय दृश्यमा भिडियो को छायाँङकन गरिएको छ । यसले गर्दा पनि भिडियोलाई उत्कृष्ट बन्नमा सघाउ पुगेको छ ।
प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गितको मिक्सीङ श्याम श्वेत रसाईली ले गरेका छन् । राहुल शाह आफैले यस गितलाई पनि डिरेक्सन तथा कोरियोग्राफि गरेका हुन् ।