‘पोइ र्पयो काले’ गीतमा दुई जोडीको ठुम्का ( फोटोसहित )

काठमाण्डौ-कार्तिक ८ गतेबाट मल्टीस्टारर फिल्म ‘पोइ र्पयो काले’ प्रदर्शनमा आउँदैछ । पहिलो पटक सौगात मल्ल, पूजा शर्मा, श्रृष्टी श्रेष्ठ र आकाश श्रेष्ठले स्क्रिन सेयर गरेका कारणले गर्दा यो फिल्म दर्शक माझ निकै प्रतिक्षारत बानेको छ । यस फिल्मलाई रिलिज अगावै ‘स्योर सट’ हिट मानिएको छ ।

शिशिर राणा निर्देशित फिल्मको शिर्ष गीत हालै बालाजुमा रहेको चलचित्र विकास कम्पनीको स्टूडियोमा खिचिएको छ ।
उक्त स्टूडियो भित्र भव्य सेट बनाएर फिल्मको गीतलाई खिचिएको हो । गीतमा फिल्मका मुख्य कलाकार सबैलाई स्थान दिइएको छ ।

रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन रहेको गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर र नृपेश उप्रेतीको शब्द रहेको छ । अभिनेत्री पूजा शर्माले यो गीत फिल्मभित्र एउटा पुजामा घन्किने बताएकिछिन् ।
फिल्ममा उनको जोडी सौगात हुन् वा आकाश, यो भने अन्योलता मै कायम छ । उनी पनि यसको खुलासा फिल्म हेरेपछि हुने बताउँछिन् ।

निर्देशक राणाकै लेखन रहेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी गरेका छन् । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । यस फिल्मको मूल कथा सौगातको वरिपरि घुमेको छ ।
सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेललगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय देख्न सकिन्छ ।

अभिनेता सौगातले फिल्मलाई कमेडी कथामा निर्माण भएको बताए । फिल्म हेर्दा दर्शकले पूर्ण मनोरञ्जन लिने उनको भनाई छ । नायिका श्रृष्टि फिल्ममा पूजाको साथीको भूमिकामा देखिएकी छिन् । उनले फिल्मको पुरा अवधि आफू नदेखिएपनि दर्शकले भूमिकालाई मन पराउने दाबी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस