रामेछापमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ४ टावर डाँडामा आज दिउँसो चार बजेको समयमा पानी परिरहेको बेला चट्याङ लागेर ६४ बर्षीय साङमाया तामाङको ज्यान गएको उमाकुण्ड गाउँपालिका वडा नं ४ का वडाध्यक्ष मान बहादुर सुनुवारले जानकारी दिनुभएको छ । मृतक तामाङको एउटा राँगा तथा दुई वटा बाख्रा पनि मरेको वडाध्यक्ष सुनुवारले बताउनुभयो ।