उनले अदालतले गरेको फैसालामा पनि आफु खुशि भएको बताइन् । ज्ञानेन्द्र शाही पनि भक्कानिएका छन् । अस्मिता कार्की गाउबाट आएको सोझि भएकोले आफुलाई पिडा भएको बताउदै ज्ञानेन्द्र शाहीले उनको पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनसम्बन्धमा अस्मिताको कहि कतै सँलग्नता नरहेको बताए । उनले एक इनोसेन्ट मान्छेलाई लगेर जबरजस्ति थुनेको बताए । हेर्नुहोस्  अस्मिता कार्की र ज्ञानेन्द्र शाहीसँग गरेको यो कुराकानीको भिडियो

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले प्रहरीकाे नियन्त्रणमा रहेको समयमा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको छ । रिहा भएपछि मंगलबार बिहान चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै दुवै सञ्चारकर्मीले सहयोग तथा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको हाे ।

जनताको विषयमा कुरा उठाउने काममा कुनै कमी नहुने दुवै सञ्चारकर्मीले प्रतिबद्धता समेत जाहेर गर्नुभएकाे छ ।सिधाकुरा जनतासँग कार्यक्रमका सञ्चालक लामिछानेले आफूले गर्ने कार्यक्रम राजनीतिक नभई सर्वसाधारण जनताका पीडा-मर्मका विषयमा भएको भन्दै राजनीतिसँग जोडेर नहेर्न आग्रह समेत गर्नुभयो ।

साउन ३० गते दुवै सञ्चारकर्मीलाई न्युज ट्वान्टी २४ काे पानीपोखरीस्थित कार्यालयबाट पक्राउ गरिएको थियो । साउन २० मा चितवनको कंगारु होटलमा मृ त अवस्थामा भेटिएका न्युज २४ कै पूर्व सञ्चारकर्मी शालिकराम पुडासैनीको आ त्मह त्या दुरुत्साहन सम्बन्धमा छानविनका लागि नियन्त्रणमा लिइएको थियो ।