रवि लामिछाने सहित तीनै जनाको वयान सकियो, थुनछेक बहस सुरु

काठमाडौं :- पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलसहित तीनै जनाको वयान सकिएपछि थुनछेक बहस सुरु भएको छ।

जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले अहिले न्यायाधीश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको जानकारी दिए।

थुनछेक वहस सकिएपछि अदालते थुनामा राख्ने, धरौटी माग गर्ने वा साधरण तारेखमा छोड्ने भन्ने फैसला गर्छ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरको अभियोगमा लामिछाने, युवराज कँडेल र अस्मीता भन्ने रुकु कार्कीमाथि जिल्ला सरकारी वकिल कार्यालयले ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस