रामेछाप भंगेरीको धारापानीमा सुमो दुर्घटना

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ भंगेरीको धारापानीमा सुमो दुर्घटना भएको छ।

रामेछाप बजारबाट सदरमुकाम मन्थली तर्फ गइरहेको सिटी भिलेज यातायात प्रालिको ना १ ज ६९८८ नम्बरको सुमो तिव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ । तिव्र गतिमा रहेको सुमो धारापानीको ओरालोमा एक्कासि अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किन पुगेको थियो । दुर्घटनाका कारण सुमोमा केहि क्षति पुगेपनि यात्रुहरु भने सबै सकुशल रहेका छन ।  

प्रतिक्रिया दिनुहोस