कार्यालय समयमा कार्यालयमा कर्मचारी नहुँने र सेवाग्राहीले दुख पाउने गरेको गुनासो वढदै गएको बेला जिल्ला प्रशासन कार्यालय दोलखाले कार्यालय समयमा छडके अनुगमन सुरु गरेको छ । कार्यालय समयमा समेत कर्मचारीहरु विना जनाकारी कार्यालयमा नहुने गरेको भन्ने गुनासो सेवाग्राही बाट आउन थालेको कारण प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दोलखा जिल्लाका सरकारी कार्यालयहरुमा छडके अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा विदा र काज नजनाई कार्यलय समयमा जिल्ला आयुवेर्द कार्यालय, डिभिजन सिँचाई कार्यालय र गौरिशंकर संरक्षण क्षेत्र फिल्ड कार्यालयका कार्यालय प्रमुखहरु कार्यालयमा अनुपस्थीति रहेको पाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनु भयो ।कार्यालय समयमा छडके रुपमा सुरु गरेको अनुगमनका क्रममा जिल्लाका १६ ओटा सरकारी कार्यालयमा अनुगमन गर्दा ४२ जना कर्मचारीहरु विना जानकारी कार्यालयमा अनुपस्थित रहेका पाइएको छ । कतिपय कर्मचारीले लामो समय देखि कार्यालयमा वेखवर रहने र विदा लेख्ने तर हाजिर खातामा विदा समेत नजनाउने जस्ता कर्मचारी समेत अनुगमनको क्रममा फेला परेको प्रमुख रिजालले बताउनु भयो ।राज्यले उपलब्ध गराउने पोषक सुविधा दिने तर पोषक नलगाई कार्यालय जाने १२ जना कर्मचारी समेत अनुगमनमा फेला परेको छ । कार्यालयमानै वस्नुपर्ने भूमिका भएका कर्मचारी समेत २९ दिन सम्म फिल्ड काज जनाई सुविधा उपभोग गरेको पाइएको उहाँले बताउनु भयो । कर्मचारी कार्यालयमा अनुपस्थित भई नागरीको काममा बाधा परेको गुनासो पछि छडके अनुगमन सुरु गरेको र लापवाही गर्ने कर्मचारीहरुको सुची तयार पारी कावाही प्रकृया अगाडि वढाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताउनु भयो । पछिल्लो समय कार्यालयमा कर्मचारीहरु नभेटिने गरेका कारण नगरीकहरुबाट धेरै गुनासो आउनु थालेको छ ।