दाङ :- साझा पार्टी दाङको संयोजकमा मधुसुदन केसी निर्वाचित भएका छन् । साझा पार्टीको तुलसीपुरमा भएको भेलाले केसीलाई सर्वसहमत रुपमा संयोजक पदमा निर्वाचित गरेको हो ।
केसी विगत लामो सयम देखि शिक्षण पेशामा कृयाशिल छन् । त्यसैगरी अन्य पालिका स्तरमा पनि संयाेजक चयन गरिएकाे छ । जस अन्तर्गत तुलसीपुरमा केपि न्याैपाने, शान्तीनगरमा रूद्रमणाी लामीछाने, दंगीशरणामा बालुराम चाैधरी, बबइ गाउँपालिकामा प्रदिप वली, घाेराहीमा खगेश्वर पाैडेल, राजपुरमा धर्मराज डाँगी र लमहीमा बाबुराम कुमाल संयाेजकमा पदमा चयन भएका छन् । गढवा र बंगला चुली भेन खाली रहेकाे छ ।