रामेछापको सदरमुकाम मन्थलीमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक दोश्रो रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको बताइएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापले आयोजना गरेको रक्तदान कार्यबmम सशस्त्र प्रहरी , नेपाल प्रहरी र स्थानीय नागरीकहरुले पनि रक्तदान गरेको आयोजकले जनाएको छ । रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ नेपाल रेडक्रस सोसाईटीले समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापका मन्त्रि जय प्रकाश श्रेष्ठले बताए । रक्तदान गर्नेहरुलाई आयोजकले धन्यबाद सहित प्रमाण–पत्र समेत प्रदान गरेको छ । रामेछापमा समय समयमा यस्ता रक्तदान कार्यक्रम गरिए पनि व्यवस्थित ब्लड बैंक नहँुदा सधै रगतको अभाव हुने गरेको छ । जसका कारण जिल्लाको एक मात्रै अप्रेशन सहितको प्रस्तुती सेवा संचालन गरिरहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई समेट पटक पटक समस्या हुने गरेको छ ।