रामेछापमा तीनवटा विद्युत ट्रान्सफर्मरको तार चोरी

रामेछाप जिल्लामा विद्युत ट्रान्सफर्मर भित्रको तामाको तार चोरीको घटना दैनिक बढ्दै गएको छ । भदौ २ गते राती खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीस्थित डब्खामा संचालित लिफ्ट खानेपानी आयोजनाको लागि राखिएको
ट्रान्सफर्मरको तार चोरी भए संगै थप २ वटा ट्रान्सफर्मर भित्रको तामाको तार चोरीको घटना भएका छ।

अहिलेसम्म खाँडादेवी गाउँपालिका वडा नम्बर ३ डब्खामा खानेपानीका लागि राखिएको , मन्थली नगरपाकिला वडा नम्बर ६ भलुवाजोर र मन्थली नगरपालिका फुलासीमा ट्रान्सफर्मर भित्रको तामाको तार चोरी भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मन्थली रामेछापका प्रमुख विनोद अधिकारीले जानकारी दिए । विद्युत प्राधिकरण वितरण केन्द्र मन्थलीका प्रमुख अधिकारीले अहिलेसम्म ट्रान्सफर्मरको तार चोरी घटनाको प्रकृति एकै प्रकारको र चोरी गर्ने समुह पनि एउटै भएको हुनसक्ने अनुमान गरिएको बताए । उनले ट्रान्सफर्मरको तार चोरी गर्ने समुह पुर्ण प्राविधिक ज्ञान भएको हुननसक्ने अनुमान समेत गरे । यता जिल्ला प्रहरी कार्यालय रामेछापले ट्रान्सफर्मरको तार चोरी गर्नेको खोजी कार्य भैरहेको जनाएको छ । एउटा विद्युत ट्रान्सफर्मरमा एकसय भन्दा बढि किलो तामाको तार हुन्छ ।

प्रतिक्रिया दिनुहोस