लिखु तामाकोसी गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षबिरुद्ध पक्राउ पुर्जि जारी

रामेछापको लिखु तामाकोसि गाउँपालिकाका अध्यक्षलाई धम्की दिँदै रकम असुल्न खोज्ने काममा सोही गाउँपालिकाकी उपाध्यक्षको संलग्नता देखिएको भन्दै पक्राउ पूर्जी जारी भएको छ । प्रहरीले उपाध्यक्ष दिपशिखा दाहालको संलग्नता देखिएको भन्दै उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । प्रारम्भिक अनुसन्धानमा उपाध्यक्षसहित सोही गाउँपालिकाको ७ नं वडाका वडाअध्यक्ष सुवास बोहोरा र तत्कालिन माओवादी केन्द्रका नेता सन्दीप भनिने ध्रुव कार्कीलाई पक्राउ पूर्जी जारी गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले साउन २४ गते काठमाडौंबाट २ जनालाई गोली हानी पक्राउ गरेको थियो । पक्राउ पर्नेमा लोप्चन भनिने मिलन तामाङ र अमृत तामाङ थिय । उनीहरुले गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्कालाई टेलिफोन गरि २ करोड रुपैयाँ फिरौती माग्दै नदिए छोरीको अपहरण गरि हत्या गर्ने चेतावनी दिएका थिए ।आफ्नै गाउँपालिका–७ का व्यक्ति थिए उनी । उनको वास्तविक नाम बाबुराम तामाङ हो । तर उनले लोप्साङ र मिलनको नामसमेत प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । खड्काको उजूरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले शुक्रबार काठमाडौं महानगरपालिका १५ स्वयम्भूको विजेश्वरी हाउजिङस्थित एक क्याफेमा बाबुराम तामाङलाई फेला पारेको थियो ।नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण गरेको र आत्मसमर्पण गर्न आदेश दिँदासमेत अटेर गरी भाग्न खोजेपछि प्रहरीले घुँडामुनि गोली हानेर नियन्त्रणमा लिएको थियो । उनका सहयोगी अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस