प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता अन्तरगत बाके र बर्दिया विजयि

कमल पोख्रेल दाङ:-  दाङकाे तुलसीपुरको बेलझुण्डी रंगशालामा बिहीबारदेखि जारी प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको दोश्रो खेलमा बर्दिया विजयी भएको छ ।

बर्दिया र रोल्पा जिल्ला बीच आज भएको खेलमा बर्दियाले शुरुदेखि नै रोल्पामाथि दवाव राखेको थियो । बिहान पौने ९ बजेपछि शुरू भएको खेलमा बर्दियाले रोल्पामाथि ३-० को जीत निकालेको हो । बर्दियाको जीतमा जर्सी नम्बर १३ का खेलाडी प्रकाश बिसीले २३ औं निमेटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ४३औं मिनेटमा रोल्पाका प्रदीप डिसीले डि बक्समा गल्ती गर्दा अर्को गोल हुन पुगेको थियो । उनको आत्मघाती गोलसँगै बर्दियाको पहिलो हाफमा २-० काे अग्रता रहेकाे थियो । यस्तै, खेलको दाेश्राे हाफकाे ६० औं मिनेटमा बर्दियाका जर्सी नम्बर ११ का मिलन थारुले व्यक्तिगत एक गोल तथा टीमका लागि तेश्रो गोल गर्दै सहज जीत दिलाए ।
तेस्तै प्रतियोगिताको तेस्रो खेलमा बाँके बिजय भएको छ। बाकेले रुपन्देहीलाई १-० ले हरायो ।

प्रतिक्रिया दिनुहोस