हो म राजाबादी हुँ:खतिवडा योगेन्द्र

कुरा केही बर्स अगाडिको संविधान सभाको दोश्रो चुनाब्को अघिल्लो दिन्को हो ,
चुनाबी माहोलको सगर्मी हुनेनै भयो ! निर्बाचन्को लागि मेरो जन्मभुमिमा म पनि आफ्नो मताधिकार प्रयोग गर्न त्यँहा पुगेको थिँए , करिब 11 बजेतिर होला निर्बाचन टोलि नागरिक्लाइ परिचयपत्र बाँढ्दै थियो , त्यही परिचपत्र बितरणको बितरक्को लाइन्मा निर्बाचन अधिकृतकै छेउमै अर्को कुर्सी र टेवल्मा मैले मेरो जीवन संगिनिलाइ पनि भेटे , अनि ओहो भनेर मैले बधाइ पनि दिँए खिस्स हासिन र आफ्नो काम्मा लागिन बाँकी बोल्न भ्याइएन !
नागरिकहरुको बाक्लो चहल पहल , मुलुक कथित जोइटिङ्ग्रे द्वन्दबाट भरखर निस्कन लागेको अवस्था कतै केही भै पो हाल्ल्नेहोकी भनेर तीन तहमा बाक्लो सुरक्षा ब्यबस्था थियो !
नागरिकहरु आफ्ना परिचयपत्र लिदै थिए निर्भाचन टोलिले आफ्नो काम गरिरहेको थियो हामी केही साथिहरु आफ्नै गफमा मग्न थियौं । त्यतिकैमा निर्बाचन टोलिसँग कसैले गालिगलोज र धम्की को भासा प्रयोग गरि हुल्दुङ्गा गरेको सुनियो के भएछ भनी बुझ्न जाँदा निर्बाचन्मा खटिएका कर्मचारी मध्हे मेरै जीवन सँगिनिमाथी तात्कालिक कथित मावोबादिका त्यँहाका एक जना कथित बुद्दिजिबिले हातै उठाउन खोजेको देखियो ,!
यो देखिसकेपछी मैले बुझ्न खोज्दा म माथी उनिहरुको पुर्ब योजना अनुसार मलाइ आक्रमण को प्रयास गरियो माहोल एकाएक खल्बलियो ! नजिकैको पुलिस आएर केभयो भनी सोधखोज गर्दा मैले मलाइ सोध खोज गर्नेकी निर्बाचन टोलिलाइ हातपात हुँदा लाटाले पापा हेरैझैं हेर्ने? भनेर सोधे , तर उस्ले पनि बढी बोल्छस भनी मलाइ नै बन्दुक तेर्श्याहो !
यतिकैमा माहोल तात्यो मैले मेरो जिबनसाथिलाइ सोधे तिमिकसरी यहाँ यो बेतुक समाज्को बिच यो चुनैती झेल्न आएउ ? उन्ले भनिन म स्वास्थकर्मी (महिला स्वयम् सेबिका ) मलाइ निर्बाचन आयोग र मेरो स्वास्थचौकी इन्चार्जले खटाउनु भयो बाद्य भए !
जब मैले उनिबाट यो सुचना पाँए एउटा पति भएको कारणले उनिमाथी भएको ज्यादती सहन सकिन , त्यतिमात्र हैन निर्बाचन्को परिपत्र बितरण कार्यक्रम रोकियो , तहस नहस गरे , प्रहरिले मलाइ निरन्तर पेस्तोल ताकेकै छ , यसै बिचमा मैले अनुरोध गरे बसेर कुरा गरौं दबाब अरु बढाईयो र दोश्रो घेराको Apf इस्पेक्टर आफैं आएर पुन: मैमाथी आक्रमणको प्रयास गरियो ! अब लाग्यो यो भुमी यो दिन मर्नै लेखेको रहेछ सोचे ईतिहास बनाएरै मर्ने हो तथाकथित मन्डले कम्युनिस्ट जंगलिराजको अत्याचारको पराकास्टाको बिरुद्द धावा बोलेरै मर्ने हो ! त्यसपछी मैले त्यो इन्सपेक्टर्लाइ भने निर्बाचन अधिकृत र सहयोगी माथी यिन्ले गरेको ज्याजती ठिक छ ??

((बिसय थियो > परिचयपत्र लिन आफै आउन नागरिकहरु, आफैं आउन पर्ने तर त्यो माकेले आफ्नो परिवार्को सबै सदस्यको परिचयपत्र मागेको रहेछ उन्ले सरलाइ सोधेर / निर्बाचन अधिकृतलाइ सोधेर आउनोस उहाँले दे भन्नुभयो भने म दिन्छु दाइ भनेकी रहिछन त्यतिकैमा उस्ले तँ कोहोस भनी उस्को टेवल हुत्याइ तथानाम गरेको रहेछ , बिसय यसरी सुरु हुन्छ ))
ससत्र प्रहरी इस्पेक्टले मलाइ समाउन भन्यो त्यसै क्रम्मा मलाइ कथित मावोबादिका केहि जँड्याहा गुरिल्लाहरुले त्यतिनै बेला पउन दोश्रो आक्रमणको प्रयास गर्यो , अब तेश्रो घेरामा रहेको सेना ले प्रबेस पायो स्थिती पुरै सैनिकमय र गुन्डा तन्त्रको बिगबिगी ले घेर्यो !
दस मिनेट नबिद्दै गाँउ, इलाका , जिल्ला हुँदै पुरै केन्द्रहल्लियो , अब सोचे र मैले त्यो सुरक्षा घेरा भित्रै बाट उध्घोस गरे अब यो केन्द्रमा चुनाब एउटा सर्तमा मात्र हुन्छ , दोसिलाइ कडा कार्बाही र गालिगलोज हातपात बिरुद्द क्षमायाचना ।
यति मात्र हैन मैले घोसणा गरे जबसम्म कथित मावोबादिले भोलि चुनाब्को दिन बिहान ६ बजे अगावै यँहाको स्थानिय कथित माके प्रमुख र यो घटमा सम्बन्धितले भोट हालोस र बेलुका 5 बजेसम्म यहाँ कथित माकेको कुनै गतिबिधी हुनेछैन नागरिक्ले निर्भिक वातावरणमा भोट हाल्न पाँउनेछन भनी कागज गरोस अन्त्यथा कुनै सर्तमा यो केन्द्रमा चुनाब हुने छैन यदि गराउने प्रयास भए यहाँ अब रगत्को भेल खतिवडा योगेन्द्रले नै र उस्का समर्थकले बगाउने छन , यो मेरो उध्धोस थियो !
त्यसपछी घटनाले मोड लियो माथिबाट राजनैतिक दल प्रसासन्को निरन्तर संवाद सहकार्य र दुई घन्टाको प्रयास पछि मैले कुनै माइकालाल्को दबाब्लाइ नसुन्दै , मैले उल्लेख गरेको माथिका ती सर्त बमोजिम हुबहु कागज गरि भोलिपल्ट सान्ति पुर्बक सौहार्दपुर्ण वातावरणमा चुनाब सम्पन गरियो !

मैले यो ईतिहास यसकारण जोड्न सान्दर्भिक ठाँनेकी

आज मैले मेरो 35 बर्सको जीवन काल्मा पछिल्लो समयमा आफ्नो सामाजिक संजाल्को प्रयोग र देसको दुर्दसाको अवस्था बारे लेख्दा बोल्दा र टिप्पणी गर्दा बर्तमान अवस्थाको एउटा झोले अरबिको गोठालो जहाँ बर्सौं भयो त्यँही बाट आफुलाइ कम्युनिस्ट भन्दै इन्बक्समा मलाइ मेसेज लेख्छ तँत राजाबादी भैछस नि !
त्यस्तै बर्तमान नेकपाको कथित युबा सङ्घको अर्को झोले लेख्छ कमेन्ट गर्छ ओहो कैलेबट राजाबादी भैस ?? बाच्न मन छोइन ??
त्यस्तै अर्को लेख्छ ए साथी गणतन्त्रको उघ्र बिरोध किन गरेको ??
त्यस्तै अर्को लेख्छ ए भाइ ए छोरा ए भतिज तँ किन बिगरिएको ??
अब म भन्दछु
हो म बिगृएकै हो त्यतिबेला जति बेला म रगत र पसिना सँग रेमिटेन्स साटी रहेको हुन्थे हो त्यही रेमिटेन्सको मज्जा लिन ती कथित मावोबादी जो युद्दमा थाकेर लुकेर बस्न मेरो घर राती 10 /11/12 बजे आँउथे अनि धम्क्याउथे अनि एउटि स्वयम् सेबिकाको नाताले ती कलिला दुधे नानी मस्त निर्न्द्रमा आफ्नी आमाको स्तन पान बाट चटक्क मुख निकाल्दै तिनै अबोधको हात्को कान्छी औंलो मुखमा हाल्दीएर अधकल्चो निन्द्रबाट तिन्लाइ रुवाउदै))) कथित बन्दुक्का गोलिका डोब्मा मेरो जिबन्साथिले बेटाडीन र मलम लगाउथिन , खान दिन्थिन अनि आफ्ना बृद्द सासू को ओछ्यान्को सिरक, सरुराको डसना अनि पतिको बर्सौ देखिको रित्तो बेडको ओढ्ने लुगा र ती अबोधको ओछ्यान्कै पनि ब्ल्याङ्केट तानी ती युद्द अपराधिलाइ ओढाइ दिन्थिन !
हो म आज बिगृएकै हो किनकी त्यो दिन मैले चुनाब गराउनु भुल थियो त्यसैले म बिगृएकै हो !
अँह म गणतन्त्र पटक्कै चाहन्न,
हो म आज ज्याजतिको बिरुद्द बोल्दछु यसरी बोल्दा म राजाबादी हुन्छु भने म बइगृएकै हो ! अझै बिग्रन्छु र भन्छु तिनिहरुले ठुलै बलिदानी गरेर ल्याएको केरागणतन्त्रले के दियो यो१२/१३ बर्समा जनतालाइ ??
अन्त्यमा
हो न्यायको लागि आवाज उठाउने , अन्यायमा परेकाहरुका लागि बोल्ने , भ्रस्टाचार को जरोखोतल्ने जति सबै बिगृएका हरु हुन त्यसैले तिमी जोजो दलाल्का झोलेहरु छौ कान खोलेर सुन , यदि यसरिनै मलाई जस्तै राजाबादी देख्न थालेउ भने एक दिन तिमिहरु सँग स्वयम् तिमिहरुको आफ्नो शरीर र लगाएको कपडा मात्र हुनेछ किनकी आज बर्तमान नेकपाको पछाडी दौडेको कथित भिड तिम्ले आफैं जम्मा पारेका हैनौं त्यँहा त हाम्म्रो श्रम , मेहनत , सांगठनिक कौसलता , रेमिटेन्स र लगाब थियो , हैन भन्छ कोहि भने यो लेख लेख्ने #खतिवडायोगेन्द्र लाइ चिन्ने तमाम जिल्ला बासिलाइ सोध्नु कि सत्य केहो भनी, तथास्तु

प्रतिक्रिया दिनुहोस