दाङको बेलटाकुरामा देखाइने लाखेनाचकाे तयारि पुरा

दाङ:-   तुलसीपुर ११ बेलटाकुरामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा देखाईने लाखे जात्राको तयारी पुरा भएको छ । विगतका बर्ष जस्तै यस बर्ष पनि भदौ ६ र ७ गते भब्य रुपमा लाखे जात्रा देखाईने आयोजकको तर्फबाट कैलाश चन्दले जानकारी दिएका छन ।
पुर्खादेखि देखाईदै आएको लाखे जात्रा निरन्तता दिन लाई युवापुस्ताहरु लागि परेका छन ।

आफ्ना पुर्खाहरुले नाच्दै आएको लाखे नाचलाई निरन्तरता दिदै यस बर्ष अझ विषेश कार्यक्रमको समेत आयोजना गरेको उनले बताएका छन । यस बर्ष राष्टिय कलाकार शक्ति चन्द सगै स्थानिय कलाकारले विविध सास्कृतिक प्रस्तुती रहने छ । यसका साथै पुरानो संस्कृतीका रुपमा रहेको स्यारीङ्गे , पैसरी र सोरठी नाच समेत देखाईने जनाईएको छ । पहिलो दिन भोली रोपाई जात्रा सहित लाखे निकाल्ने र अर्को दिन विधिवत रुपमा समापन गर्ने चलन छ । कृष्ण जन्माष्टमीका दिनमा बेल्टाकुरामा देखाईने लाखे नाच यो क्षेत्र मध्ये कै बढी प्रख्यात नाचका रुपमा लिने गरिन्छ । यसैविच, आयोजकले दुई दिन हुने उक्त कार्यक्रममा उपस्थिती भईदिनका लागि सबैमा अनुरोध गरेको छ ।।

प्रतिक्रिया दिनुहोस