दाङ– दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
राजपुर गाउँपालिका वडा नम्बर–१ प्रत्रिङ्गामा रहेको एक उद्योगमा वेल्डिङ्ग गर्ने क्रममा करेन्ट लागेर रोल्पा सुनछहरी गाउँपालिका वडा नम्बर ३ निवासी ३० वर्यीय नरबहादुर बुढामगरको मृत्यु भएको हो।
बुढा रोल्पाबाट उद्योगमा मजदुरको रुपमा काम गर्न आएका थिए।
करेन्ट लागेर घाइते भएका बुढालाई उपचारको लागि लमही अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख भरतसिंह राठाैरले जानकारी दिए।