पत्रकार पुडासैनी आत्माहत्या प्रकरणले लियो नया मोड : निकिता पौडेलले दिइन ३ जना विरुद्ध उजुरी

काठमाडौँ । पत्रकार रबी लामिछानेकी श्रीमती निकिता पौडेलले सरकारी विद्युतीय अभिलेख किर्ते गरेको आरोपमा उजुरी दिएकी छन् ।

प्रहरी अनुसन्धानमा रहेको पत्रकार सालिकराम आत्माहत्या प्रकरणको घटनालाई लिएर रहेको भिडियो किर्ते गरेको भन्दै उनी आज महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिन पुगेकी हुन् ।

निकिताले दिएको उजुरीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला विरुद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस