सामाजिक सञ्जालमा खुकुरी देखाउँदै प्रधानमन्त्रीलगायतका नेता काट्छु भन्ने एक युवक पक्राउ

काठमाडौं :-  सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गर्दै खुकुरी देखाएर काट्छु भन्ने एक युवा पक्राउ परेका छन् ।

भिडियोमार्फत प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुुुुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अपशब्द बोल्दै काट्ने धम्की दिएका सागर मैनाली पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले उनलाई मंगलबार बाराबाट पक्राउ गरेको हो

पत्रकार शालिकराम पुडासैनी हत्याप्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै उनले नेतालाई अपशब्द बाेलेपछि पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए । लामिछानेलाई फसाएर ठूलो गल्ति गरेको भन्दै उनले नेताहरुलाई गाली गर्दै काट्ने धम्कीसहितको भिडियो पोस्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस