एनआरएन युकेमा निर्वाचनको लागि मनोनयन दर्ता, को को बने प्रतिस्पर्धी (भिडियो सहित)

काठमाडौँ । एनआरएन यूकेको आउंदो सेप्टेम्बर १४ मा हुने निर्वाचनको लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता भएको छ । एनआरएन यूकेको केन्द्रीय कार्यसमितिका २७, आइसिसी सदस्यका ७ र ४ वटा राज्यसमितिका १० र १० गरी कुल ७४ पदका लागि जम्मा १ सय १७ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

वेल्स र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषदका सबै पदहरु निर्विरोध भएका छन् भने स्कटल्याण्ड र इंङलैण्ड राज्य परिषद एवम एनआरएन यूके केन्द्रीय समितिका सबै पदमा बढिको उम्मेदवारी परेको छ । एनआरएन यूकेको भावी अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय पुनम गुरुंग र शेर बहादुर सुनारको उम्मेदवारी परेको छ ।

केन्द्रीय कार्यसमिति र इंग्ल्याण्ड एवम स्कटल्याण्ड राज्य समन्वय परिषदका लगभग सबै पदमा दुवै अध्यक्ष उम्मेदवारको प्यानलबाट उम्मेदवारी दर्ता गराइएको छ । एनआरएन यूके केन्द्रीय कार्यसमितिको खुला उपाध्यक्षको २ सीटमा प्रेम गाहा मगर, पशुपति पोखरेल, कमल पौडेल, सुनिल खड्का र धन सार्कीसहित ५ जनाले उम्मेदवारी दर्ता भयको छ।

१ महिला उपाध्यक्षमा रोजिना प्रधान राई र विमला लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय कार्यसमिति उपाध्यक्षमा राज्य परिषदको कोटाबाट नर्दन आयरल्याण्डबाट नारायण कंडेल र वेल्सबाट रामचन्द्र पोखरेल निर्विरोध भएका छन् भने स्कटल्याण्डबाट यज्ञमुर्ति ढकाल र मोहन कार्कीले उम्मेदवारी दिएका छन् ।

महासचिवमा फडिन्द्र भट्टराई र कर्मा पहाडी शेर्पा र २ जना सचिवको २ सीटमा कोशलेश्वर ढकाल,जित रानाभाट,विष्णु खरेल, भोलाविक्रम राई र भाग्यनारायण रायसहित ५ उम्मेदवारको उम्मेदवारी छ। १जना महिला सचिवका लागि रञ्जिता मल्ल र लिला सेलिंग माबोले उम्मेदवारी दर्ता गराएका छन् ।
कोषाध्यक्षमा तिलकराम भट्टराई र तेजेन्द्र रोका, सहकोषाध्यक्षमा विष्णु चालिसे र सकुन्तला गुरुंग, महिला संयोजकमा प्रसुना कंडेल र क्षमता ढकाल, युवा संयोजकमा हेम गुरुंग,अनिल मल्ल र नविन गुरुंगको उम्मेदवारी परेकोछ।

१२ जना कार्यसमिति सदस्यमा २१ जनाको उम्मेदवारी आएको छ। ७ वटा आइसिसी सदस्यमा योगकुमार फगामी, दयानिधि सापकोटा, ललितकुमार न्यौपाने, राजन खकुराल, अर्कराज तिम्सिना, अर्जुन कटुवाल , सुरोज मास्के, होमनाथ पौडेल, कृष्ण तिवारी, रमेश बांस्तोला, मनिष खड्का, शालिक सापकोटा,सुशिला राई र लिलादेवी गुरुंगले उम्मेदवारी दिएका छन् ।

इंग्ल्याण्ड राज्य परिषदको अध्यक्षमा दिपक श्रेष्ठ र भिम सारु तथा स्कटल्याण्ड राज्य परिषद अध्यक्षमा छविलाल अर्याल र काशिराम भण्डारीको उम्मेदवारी परेको छ। नर्दन आयरल्याण्ड परिषदमा नारायणबहादुर कुंवर र वेल्स राज्य परिषदमा कृष्णप्रसाद भण्डारीको नेतृत्वको कार्यसमिति निर्विरोध भयको छ।   भिडियो : लण्डन नेपाल न्यूजबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस