
अनुसन्धान हुँदै गर्दा रवि र युवराज निर्दोष रहेको जिकिर गर्दै स्वतस्फुर्त जमात सडकमा उत्रिएको छ भने सामाजिक सञ्जालहरु पनि चर्चाको विषय यही बनेको छ । तर्क वितर्क छन त्यो स्वभाविक हो तर शालिकराम पुडासैनीको प्रकरणमा रवि र युवराजमाथि लगाइएको आरोपपछि उठेका केही प्रतिनिधि आवाजहरुलाई हामीले यहाँ समेटेका छौं ।
१.शालिकराम पुडासैनीको मृत्यु हत्या हो की आत्महत्या हो ?
(हत्या र आत्महत्या के हो भन्ने बिषयमा बहस चलिरहदा प्रहरीले किन आत्महत्या गर्न दुरुत्साहन गरेको भनि रवि लामिछाने लगायत ३ जनालाई उक्त मुद्धामा म्याद थप गरी अनुसन्धान गरियो ? संघीय प्रहरी प्रबक्ताले एक टेलिभिजनसंगको बहस र न्युज २४ को रिपोर्टरले सोधेको प्रश्न (news24- power new) को जवाफमा यो हत्या हो की आत्महत्या अनुसन्धान कै बिषय रेहेको भनि बताई रहनु भएको छ ।
यसबाट के प्रष्ट हुन्छ भने प्रहरी हत्या र आत्महत्या के हो भन्ने अनुसन्धानको निष्कर्ष मै नपुगेको देखिन्छ । यदि यो अवस्था हो भने आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा किन रवि लामिछानेहरुलाई पक्राउ गरियो ? प्रहरी हत्या र आत्महत्या भन्ने अनुसन्धानको निष्कर्षमा नपुगे सम्म आत्महत्या दुरुत्साहनमा प्रबेश गर्नै हुने थिएन यसरी जुन शैलीमा भिडियो सार्वजनिक गरी रवि र युवराजलाई अपर्झट पक्राउ गर्ने कार्य गरियो यसमा फसाउने षडयन्त्र गरेको भन्ने प्रष्ट हुन्छ ।
२.भिडियो सार्वजनिक किन र कसरी भयो ?
( कि त कसैले पुडासैनीलाई कर्तब्य गरी मार्यो र हत्याराले पुडासैनीलाई जर्बजस्ती भिडियोमा बोल्न लगायो त्यसैले भिडियो शालिकको अलावा हत्यारासंग समेत थियो त्यसकारण त्यही हत्याराले भिडियो सार्वजनिक गरायो ।
(पुडासैनी आफैले आत्महत्या गर्नु अगाडि भिडियो तयार पार्यो र मर्नु भन्दा अगाडि कसैलाई त्यो भिडियो पठायो । त्यसरी कसैलाई मर्नु भन्दा अगाडि त्यो भिडियो पठाएको थियो भने किन पुडासैनीको आत्महत्या रोक्ने प्रयास भएन ?

(किशोर श्रेष्ठले पीडित परिवारबाट भिडियो पाएको दावी गरि रहँदा प्रहरी किन मौन छ ? परिवारले भिडियो कसरी,कहिले र कस्ले पाएका थिए यसको जानाकारि प्रहरीले दिनु पर्दछ । परिवारले प्रहरीबाट प्राप्त गरेको भए के प्रहरीले त्यो भिडियो परिवारलाई दिन मिल्थ्यो ? र परिवारले दिएको भए कस्ले र कसरी कहाँ कस्लाई दिएको पुष्टि गरिनु पर्छ ।
(यदि यो शुद्द आत्महत्या हो भने प्रहरी नै पहिलो ब्यक्ति हो जसले घटनास्थल जाँच र दशी प्रमाण संकलन गर्यो । यदी यो अबस्था हो भने कसरी मिडियाले यो भिडियो प्राप्त गर्यो ? अनुसन्धान मै भएको बिषय किन त्यसरी सार्वजनिक गरियो ?
(प्रहरी संग भएको भिडियोको आधारमा रवि बिरुद्द मुद्धा चलाउने अबस्थामा प्रहरी पुगेको हो भने किन १० दिन सम्म रविलाई सोधपुछ गर्ने वा पक्राउ गर्ने कार्य नगरी भिडियो सार्वजनिक भएपछि मात्र पक्राउ गरियो ?

(भिडियो हेर्दा एडिट गरिएको प्रष्ट देखिन्छ यसरी एडिट गर्नु पर्ने कारण के थियो ? अदालतमा पेश गरिएको भिडियो कति मिनेटको छ ? के त्यही मिडियामा आएकै भिडियो पेश गरिएको छ की अर्को भिडियो जुन सम्पादन गरिएको छैन ? यदी मिडियामा नै आएको भिडियो पेश गरिएको छ भने के प्रहरीसंग भिडियो नै थिएन र मिडियाबाट आएको भिडियोलाई प्रमाण मानियो ? प्रहरीले (orginal video) रिपोर्ट सहितको पेश गर्नु पर्दछ । digital forensic lab को रिपोर्ट जस्ताको तस्तै मिसिलमा राखिनु पर्यो ।
भिडियो कन्टेन्ट वहसको विषय बन्यो
३.मर्नु भन्दा अगाडि बोलेको कुरा मृत्युकालीन घोषणा (dying declaration) हो मर्नु अघि मानिसले झुटो बोल्दैन त्यसकारण यसलाई प्रमाणमा लिन मिल्छ भन्ने तर्क आएको छ ।
(प्रमाण ऐन २०३१को परिच्छेद ३ प्रमाणमा लिन हुने र नहुने कुराहरू)
दफा ११. मरेको व्यक्तिले होस् छँदै व्यक्त गरेको कुरा कुनै मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको कारणका सम्वन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ ।)
(प्रमाण ऐन, २०३१ सालमा बनेको हो र यसले मृत्युकालीन घोषणालाई प्रमाणको रुपमा ग्रहण गर्न मिल्छ भनिएको छ । के त्यतिबेला आत्महत्या गर्न दुरुत्साहन गरेको बिषय अपराध मानिन्थ्यो ? निश्चय नै मानिन्न थियो यो त २०७५ भदौ १ गते बाट लागू भएको कानुन हो त्यसैले सुसाइड नोट वा भिडियोलाई मृत्युकालीन घोषणा मान्ने परिकल्पना २०३१ सालमा बनेको प्रमाण ऐनले गरेको छैन ।
त्यतिबेला गरिएको कानुनको परिकल्पना भनेको कोही मान्छेलाई कसैले मार्नको लागि कुनै हातहतियारले हान्यो वा झगडाको क्रममा घाईते भयो र त्यो घाईते भएको ब्यक्तिले अस्पतालमा वा अस्पताल लग्दा बाटैमा बोल्न सक्ने अबस्थामा मलाई यो अबस्थामा पुर्याउने फलानो हो भन्यो भने त्यो मृत्युकालीन घोषणा मानिन्छ ।
के मृत्युकालीन घोषणा जसको सामु भने भनेपनि प्रमाणमा लिन सकिन्छ त ? ब्यबहारमा जे गरेतापनि मृत्युकालीन घोषणले प्रमाणको रुप धारण गर्नको लागि प्रहरीको सामु भनेको हुनपर्छ र मृत्यु अगाडि प्रहरीले पीडितको मृत्युकालीन घोषणा भन्ने कागज गराउनु पर्छ तब मात्र त्यो कानुन सम्बत प्रमाण मानिन्छ । भने शालिकले बनाएको भिडियोलाई कसरी मृत्युकालीन घोषणा भनेर मान्ने ?
४.दुरुत्साहन भनेको के हो ? रविले दुरुत्साहन गरेकी गरेनन ? रविको भुमिकाको कारण शालिकले आत्महत्या गरेको हो कि होईन ?
(आत्महत्या गर्न बिष किनेर ल्याईदियो भने त्यो दुरुत्साहन हो ।
(आत्महत्या गर्न डोरी किनेर ल्याईदियो भने त्यो दुरुत्साहन हो । (मेरो श्रीमानले मलाई बिभिन्न प्रकारको यातना दिईरहेको छ म अब बाँच्न नसक्ने अबस्थामा पुगी भन्दा कसैले हो हो यो जीवनमा बाँचेर नि के गर्नु छ र मर्देउ बरु आनन्द हुन्छ तिम्रो श्रीमानलाई नि त्यही सजायँ हुन्छ भनेर मर्न उस्काएको कारण उनले आत्महत्या गर्छिन भने त्यो दुरुत्साहन हो ।
(श्रीमानले दिएको यातनाको बिषयलाइ प्रहरीकोमा गएर जाहेरी समेत गरिन प्रहरीले लोग्ने स्वास्नीको झगडा परालको आगो तपाईहरु मिलेर बस्नुस भनेर फर्काई दियो ।
अब उनलाई फेरि देखिस तेरो पुलिसले पनि के गर्यो र भन्दै फेरी यातना शुरु गर्यो त्यसपछि उनले प्रहरीबाट पनि केही हुने रहेनछ अव मर्नु नै मेरो अन्तिम बिकल्प हो भन्ने निष्कर्षमा पुगी र आत्महत्या गरीन भने त्यो श्रीमानले मर्न बाध्यपारेको कुरा प्रहरी अभिलेखले समेत पुष्टि हुन्छ, हो त्यो आत्महत्या गर्न बाध्य पारियो वा दुरुत्साहन भयो भन्न सकिन्छ ।
(यो कानुन आत्महत्याको दर घटाउने उद्देश्यले ल्याईएको हो । अहिले दुरुत्साहनको गलत ब्याख्याको कारण निर्दोष मानिस फस्ने अबस्था बनेको छ । (अख्तियार प्रमुखलाई दोष देखाउँदै भ्रष्ट्राचार अभियोग लागेका सुब्बाले आत्महत्या गरे के अब नबिन घिमिरेले सुब्बालाई आत्महत्या गर्न दुरुत्साहन गरेको मान्ने त ?
(न्यायाधीशले फैसला गर्दा एक पक्ष खुशी हुन्छ अर्को पक्ष बेखुसी हुन्छ । अव के बेखुशी भएको पक्ष आफ्नो ‘इगो हर्ट’ भएको अर्थात अन्याय भएको फिल गरि आत्महत्या गर्यो भने के अब न्यायाधीशले आत्महत्या गर्न दुरुत्साहन गरेको ठहर हुने हो ?
(एक जना जोकोहीले नेपालमा जन्मनु नै अभिषाप भो । म गरीव भएँ सराकरले मलाई रोजगारी पनि दिन सकेन ।मैले मेरो घर परिवार पाल्ने क्षमता कहिले बनेन यो नेपाल सरकारको यसमा दोष छ । सरकारले मलाई मरो योग्यता अनुसारको रोजगारी दिएको भए आज म मर्न पर्ने अबस्थामा पुग्ने थिईन । गरिवी नै मैले आत्महत्या गर्नु को प्रमुख कारण हो र यसमा नेपाल सरकार जिम्मेवार छ ।
नेपाल सरकारलाई नेपालको कानुन अनुसार कारवाही होस म आत्महत्या गर्दै छु भनेर कसैले भिडियो बनाई आत्महत्या गर्यो भने कसलाई दोष दिने ?यो अबस्था नआउला भन्न सकिन्न बर्षमा ५००० जनाले आत्महत्या गर्छन तिनीहरु मध्ये कोही १ जनाले मात्र यसो गरे भने के हुन्छ ? कानुनको गलत ब्याख्या गरिदा यस्ता परिस्थिति श्रृजना हुन सक्छन र रवि लामिछाने को ‘केस’ यसको शुरुवात हो ।
(के शालिकरामलाई आत्महत्या गर्न दुरुत्साहन भएकै हो त ? यस केसमा सबभन्दा महत्वपूर्ण बिषय नै यहि हो । शालिकले घरमा श्रीमती भएको अबस्थाम परस्त्री संग नाजायज सम्बन्ध भएको कुरा शालिकले अस्मिता कार्किको बारेमा भिडियोमा भनेको कुरा र शालिक र अस्मिताको च्याट र एसमएसले पुष्टि गरेको छ र शालिकले आफुले गरेको गल्ति अव सार्वजनिक हुने डरले समाजमा मुख देखाउन नसक्ने अबस्थाको परिकल्पना गरी आफ्नो इज्जतको डरले त्यो स्थितिको सामना गर्न नसक्ने कमजोर मनस्थितिको कारण आत्महत्या गरेको देखिन्छ ।
यसमा दोष कस्को ? शालिक कि अस्मिताको ?वा रबि वा युवराजको ? रबि र युवराज संग अस्मिताको सम्बन्ध कस्तो छ ? के रवि र युवराजले अस्मितालाई चिन्छन या चिन्दैनन ? ल रबि र युवराजले चिन्थे र अस्मिताको सम्पर्क शालिकसंग गराइ दिएरे भने पछि त्यसपछि अस्मिता र शालिकको बिचमा जुन सम्बन्ध स्थापित भयो त्यसमा दोष कस्को ?
शालिक के उमेर नपुगेका बालक हुन जसले के गलत र के सही छुट्याउन नसक्ने ? आफ्नो घरमा श्रीमती भएको ब्यक्ति परस्त्रीसंग सम्बन्ध राख्छ के उ असल चरित्रको मान्छे हो ? अस्मितालाई बिहे नगरेको भनि ढाँटी मायाजालमा पार्छन जब अस्मिताले शालिकको बिबाह भएको कुरा थाहा पाएर टाढिन खोज्छिन तब शालिक टाढा हुन चाहन्न र अस्मिताले शालिकसंग छुट्ट्नको लागि रवि र युवराजलाई सबै कुरा भनेको बहाना गर्छिन र शालिकसंग छूटकारा पाउन चाहन्छिन तर शालिकको मनमा ढ्याङ्ग्रो ठोक्छ की लौ अब मेरो भेद खुल्ने भयो अब म कसरी बाँच्ने भनेर आफुले गरेको गल्ति संग जुध्ने हिम्मत नगरी आत्महत्या रोज्छ भने उ कायर हो ।
उसले गल्ति नगरेको भए न उसलाई कसै संग डर हुन्थ्यो न मर्न पर्ने परिस्थितीको श्रृजना नै हुन्थ्यो । यसमा शालिकलाई कसैले आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दा पनि उनले आफुले गरेको गल्ति को पर्दाफास हुने डर र त्रासले गर्दा मृत्यु रोजेको प्रष्ट छ भने कसरी अरुले दुरुत्साहन गरे भन्ने मान्ने ?
(शालिकलाई रविले आत्महत्या गर्न दुरुत्साहन गर्यो भन्ने पुष्टि हुनको लागि शालिकले आरोप लगाए जस्तो रविले शालिकलाई अस्मितासंग जोडाएको हो होईन ? शालिकलाई रबिले फोन गरी कति मानसिक यातना दिए भन्ने कुरा को पुष्टि हुन न्यूज २४ छोडिसकेपछि रवि र शालिकको बिचमा के कति पटक र कति समय कुरा भयो भन्ने कुराको प्राबिधीक पुष्टि हुनु पर्यो ।
शालिक मर्नु अघि रवि र शालिकको सम्बन्ध नकारात्मक थियो भन्ने कुराको पुष्टि हुन पर्यो । रवि र अस्मिताको बिचमा समेत के कुन माध्यम बाट कति समय कुरा भएको थियो भन्ने समेत पुष्टि हुन पर्यो । अस्मिताले मेरो युवराज र रविसंग पहिला देखिकै चिन जान थियो र शालिकलाई समेत दुबै जनाले चिनाइदिएको हो र शालिकलाई चिनेपछि समेत रवि र युवराजसंग मेरो सम्पर्क भैरहन्थ्यो र हामीहरु मिलेर शालिकलाई (फसाउने)आत्महत्या गर्न बाध्य पार्ने योजना बनाएका थियौ भन्ने बयान अस्मिताले दिनु पर्यो अनि मात्र युवराज र रविको मिलो मतो रहेछ भन्ने पुष्टि हुन्छ ।
न्युज २४ नछोडे कै अवस्थामा शालिकको मृत्यु भएको भए शालिकलाई दबाबमा राखिएको रहेछ भन्ने मान्न सकिन्थ्यो तर शालिकले न्युज २४ छोडेको महिना बितिसकेको अबस्थामा आत्महत्याको निर्णय लिनुमा रविलाई जोड्नु शालिकको मानसिक अबस्था बिग्रिदै गएको डिप्रेसनको औषधि सेबन गरेको र मानसिक विचलनको अवस्थामा बोलेको देखिन्छ र शालिकले भिडियोमा बोल्दा सेतो भेष्ट मात्र लगाएको र पछि मृत फेला पर्दा सर्ट लगाएको अवस्थामा भेटिनुबाट समेत निजले भिडियो बनाउने बित्तिकै मरेको देखिन्न ।
५. शालिकले बोलेको भिडियो ‘कन्टेन्ट’ ले के भन्छ ?
शुरुमा रवि दाई भनि सम्बोधन गर्छ जसले गर्दा शालिकले रविलाई सम्मान गर्छ भन्ने देखाउँछ । तर पछि रविलाई गाली गर्न थाल्छन भने यो कुरा आफैमा विवादास्पद भएन र ?
महिनाको १ देखि डेडलाख कमाउने मान्छेलाई १५ हजार तलबमा काम गर्न बाध्य पारियो । के प्राइभेट कम्पनीमा यस्तो हुनु सम्भव हुन्छ र ?

रविले भ्रष्ट्राचार गर्यो उसले धेरै पैसा कमायो मलाई थोरै तलव दियो । के रविले धेरै पैसा कमाउनु र शालिकले पैसा कमाउन नसक्नु भनेको आत्महत्या गर्न दुरुत्साहन गरेको ठहरिन्छ र ? के बिनोद चौधरीसंग धेरै पैसा छ म गरिब भए भनेर कसैले आत्महत्या गर्छ भने बिनोध चौधरी दोषी हुने हो त ?
यद्दपि रविले भ्रष्ट्राचार गरे अबैध सम्पति कमाएको हो भने त्यो छुट्टै अनुसन्धानको बिषय बन्ला त्यो कानून अनुसार होला नै तर शालिकले रवि तिमिले धेरै पैसा कमाएका छौ तिमिलाइ त्यो पैसाले पोल्छ तिमीलाई कारवा्ही हुनु पर्छ भन्ने बिषय शालिकको आत्महत्या गर्ने कारण हुन सक्दैन ।
शुरुमा मेरो धेरै ऋण छ १८ हजार पाँच सय बैकको किस्ता तिर्नु पर्थ्यो र अहिले पनि ऋण छ भनेको छ तर पछि सम्झना मैले करोडौको सम्पित्त जोड दिएको छु त्यो सबै तिम्रो हो भनेका छन यसबाट शालिकले बोलेका कुरा आफैमा बिबादास्पद देखिन्छन ।
युवराजले अव तँ फस्छस भन्यो । अरु साथीहरुले समेत तँ अब फस्छस् भने । रवि र युवराजले फसाउन खोजेका रहेछन् । को थिए अरु साथी जस्ले भनेकी रवि र युवराजले शालिकलाई फसाउन खोज्दैछन यो साथीहरु खोजिनु जरुरी छ ।
रवि जस्तो मान्छेले शालिक नहुँदा के कार्यक्रम नै बन्द हुने अबस्था बन्थ्यो र शालिकलाई न्युज २४ छोड्न नदिने ? आखिर शालिकले निर्णय गरेपछि त छोडन सफल भएछन त कसरी ? रविले शालिकलाई फसाउनु पर्ने के दुश्मनी हुन्छ र किन फसाउनु पर्यो ? यदि उनिहरु विचको सम्बन्ध राम्रो थिएन भने किन शालिकले फेसबुक प्रोफाईल पिक्चरमा रबिसंगै भएको फोटो राख्नु ,भर्खरै मनाईएको गुरु पुर्णिमामा शालिकले रविदाई मेरो गुरु भनेर फेसबुकमै प्रशंसा र सम्मान गर्नु जति बेला न्युज २४ छोडिसकेका थिए ।
जस्ता कुराले रवि र शालिकको सम्बन्ध राम्रो थियो भन्ने पुष्टि हुन्छ आफ्नो शत्रुको कसैले त्यति बखान गर्छ र ? आत्महत्या अघिको रवि र शालिकको सम्बन्ध पनि अनुसन्धानको बिषय बन्नु पर्छ ।
शालिकको मानसिकता र महत्वकांक्षा हेर्दा उनि रवि जस्तै ‘फेमस’ बन्न चाहन्थे त्यसैले माउन्टेन टेलिभिजनमा समेत शालिकले रविले गरेकै कामको प्रकृतिको कार्यक्रम चलाउन शुरु गरेका थिए ।
शालिकले रविको फोटो आफ्नो प्रोफाईल पिक्चरमा राखि रबि संगको सम्बन्धको रवाफ र धाक देखाउन खोजेको देखिन्छ र उनि आत्महत्या गरेर भएपनि रवि को नाम जोडेर चर्चित हुन खोजेको प्रष्ट हुन्छ ।
कतै उनले भनेको कुरालाई आधारमान्ने हो भने ऋणमा भएको र ऋणकै कारण डिप्रेशनमा गएको भनेको ब्यक्तिले कसरी करोडौको सम्मत्ति जोडे कतै रविको नाम बेचेर र सीधा कुराको धम्की दिएर कसैसंग गलत फाईदा त उठाएनन् ? यो पनि अनुसन्धानको बिषय बन्न सक्छ । स्रोत news 24