रामेछाप माकादुममा स्थानीय सभा बैठक सम्पन्न

रामेछापको खाँडादेवी गाउँपालिका ६ माकादुमको स्थानीय सभा बैठक सोमाबार सम्पन्न भएको छ । वडाअध्यक्ष पुष्कर कार्कीको अध्यक्षत र गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको बैठकमा वडाका वस्ति स्तरमा भएका कामको अवस्था र अब गर्नु पर्ने कामको बारेमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तामाङले गाउँपालिकामा काम गर्नका लागि बजेट प्रयाप्त रहेको बताए । उनले साविकको ८ वटा गाविस रहेको खाँडादेवी गाउँपालिकामा ६२ करोड बजेट हुनु चानचुने कुरा नभएको बताए ।गाउँपालिका संग भएको बजेटको व्यवस्थापन गरी सहि काममा खर्च गर्न सबै लानुपर्नेमा उनको जोड छ । टोल सुधार समितिहरु संग गरिने यस्ताखालको अन्तरक्रियाले पनि बजेट सदुपयोग गरी सहि ठाउँमा खर्च गर्न मद्दत गर्ने भन्दै उनले यस्ता खालका अन्तरक्रियालाई गाउँपालिकाको सवै वडा तहमा लैजाने उनको भनाई छ । वडा कार्यालयको समन्वय र युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित नागरिक समाजः पारस्पारिक जवाफदहीता परियोजनाको आयोजनामा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै वडाअध्यक्ष पुष्कर कार्कीले प्राप्त सुझावका आधारमा वडा कार्यालय अघि बढ्ने बताए । टोल सुधार समितिका संयोजकहरु, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकर्मी तथा नागरिक अगुवाहरुको सहभागिता रहेको कार्यक्रममा हुराडेकका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले स्थानीय सभा बैठक राख्नुको उद्देश्य र यसले जवाफदेहितामा खेलेको भुमिकाका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस