रामेछाप जिल्लाको सरकारी कार्यालयहरुको खर्चको सार्वजनिक गरी राय संकलन गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापले एक कार्यक्रमको आयोजना गरी जिल्लाका १३ वटा सरकारी कार्यालयहरुले आर्थिक बर्ष २०७५÷०७६ मा गरेको कामको खर्च सार्वजनिक गरी राय संकलन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीको अध्यक्षता र सभाषद तारानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न १३ वटा कार्यालयहरुले गत आर्थिक बर्षमा गरेको कामको खर्च सार्वजनिक गराइएको थियो । कार्यक्रममा बोल्दै सभाषद तारानारायण श्रेष्ठले कार्यालयहरुले बजेट अख्तियारी ढिला आएको बहाना बनाएर समयमै काम नगर्दा समस्या हुने गरेको बताए । उनले नागरिकले चाहेको विकास हुन कार्यालयहरुले चुस्त , दुरुस्त र सुशासन मूलक तरवबाट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।
नेकपा रामेछापका जिल्ला इन्चार्ज एवं नेकपा केन्द्रीय सदस्य देवशंकर पौडेलले नागरिकले चाहेको जस्तो मुलक निर्माण गर्न सवै एक हुनेपर्नेमा जोड दिए । प्रदेश नं ३ का सांसद शान्ति प्रसाद पौडेलले सरकारी कार्यालयहरुले नागरिकलाई संघियताको प्रत्याभुती हुने गरी काम गर्नुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले समय अनुसार परिवर्तित भएर सेवा प्रवाह गर्न आग्रह गरे ।
मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले कर्मचारीहरु आफ्नो जिम्वेवारी र काममा भन्दा तलब र भत्तामा बढि ध्यान दिदा समस्या हुने गरेको बताए । कार्यक्रममा नेकपा नेता आनन्द श्रेष्ठ , नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की , बिषयगत कार्यालयहरुका प्रमुख , नागरिक समाजका अगुवाहरु , सुरक्षा निकायका प्रमुखहरु लगाएतले विभिन्न सुझाव दिएका थिए ।