काठमाडौं :- नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले उनीलाई तत्काल पक्राउ नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो । छवि ओझाकी जेठी श्रीमती हेमाले बहुविबाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएकाे थियो । अदालतले पक्राउ गर्न आदेश दिएसँग उनी फरार थिइन्र । जिल्ला अदालतले दिएको आदेश विरूद्ध शिल्पा सुरुमा उच्च अदालत पाटन पुगेकी थिइन् । गत २४ साउनमा उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेपछि उनलाई पक्राउ गर्ने बाटो खुलेको थियो । सो आदेशविरूद्ध शिल्पाले आफ्नो वारेस मार्फत गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
सर्वोच्चका यो आदेशपछि उनी पक्राउ पर्ने छैनन् । आदेश आगामी १५ भदौसम्मका लागि जारी भएको हाे । सर्वोच्चको यो आदेशसँगै उनी अब ‘भूमिगत’ नभई सार्वजनिकरुपमा दैनिक कार्य गर्न सक्नेछिन् ।