केरुङ रेलमार्ग सुरु, अब काठमाडौं–केरुङ जोडिन सक्ने सम्भावना बढ्यो

काठमाडौं :-    चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबारबाट सुरु गरेको छ। उक्त रेलमार्गको दुरी ५४० किलोमिटर छ भने जटिल भौगोलिक अवस्थितीले गर्दा निर्माण कार्य सम्पन्न गर्न कम्तीमा सात वर्ष लाग्ने अनुमान रहेको छ।

‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित भएको छ,’ केरुङ रेलमार्ग तिब्बत सरकारको प्राथमिकता हो। तर भौगोलिक जटिलताका कारण ढिलाइ भएको थियो। अब काम अघि बढेको छ।’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले जानकारी दिए। केरुङ सम्म रेल आएपछि काठमाडौं–रसुवागढी (केरुङ सीमा) रेलमार्ग विस्तार गर्न सकिने विश्वास गरिएको छ।

काठमाडौं–रसुवागढी (केरुङ सीमा) रेलमार्ग ७२ किलोमिटर लामो हुने प्रारम्भिक अध्ययनले देखाएको छ। रसुवागढीदेखि केरुङसम्मको दुरी २५ किलोमिटर छ। चिनियाँ उच्च नेतृत्वको नेपाल भ्रमणको तयारी भइरहेको अवस्थामा सिगात्से–केरुङ रेलमार्ग निर्माणको थालनीलाई अर्थपुर्ण रुपले हेरिएको छ।

प्रतिक्रिया दिनुहोस