काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिहरुलाई सुविधाभोगी नबन्न आग्रह गरेका छन् ।
जिल्ला वडा सङ्घ बागलुङको प्रथम प्रारम्भिक भेलालाई सम्बोधन गर्दै उनले अत्यावश्यक र न्यूनतम सुविधा लिएर जनताको सेवामा खट्न आग्रह गरेका हुन् । “जनताभन्दा माथि हामी कोही छैनौँ, जनतालाई हामीले भगवान् मानेर आएको हो”, उनले भने, “भगवान्लाई नै पन्छाएर अगाडि बढ्यौँ भने हामीले कसलाई पूज्ने ?”
मन्त्री पण्डितले भाडाका भवनबाट सञ्चालित हुनुपर्ने स्थानीय तहको बाध्यता हट्ने बताए । स्थानीय तहका सहित सबै निजामती कर्मचारीको क्षमता विकासका लागि केन्द्र र सातै प्रदेशमा स्थानीय प्रशिक्षण प्रतिष्ठान खोल्ने तयारी रहेको बताए ।